२२ बैशाख २०८१, शनिबार
बजेटमा आर्थिक सिस्टममा परिवर्तन गर्ने कुनै योजना छैनन: संघिय सांसद ढकाल

बाँकेको समग्र विकासको लागि ८४ योजनाहरु पेश


  • टाइम्स संवाददाता

  • ३ असार २०८०, आईतवार १०:३९

संघिय संसदमा अर्थमन्त्रिले अर्थिक बर्ष २०८० ÷२०८१ को बजेट प्रस्तुत पश्चात बिभिन्न छलफलहरु चलिरहेका छन । बजेट तथा समसामयिक बिषयमा संसदमा प्रस्तुत आर्थिक बर्ष २०८० ÷२०८१ को आय व्याय माथि बाँके क्षेत्र १ का संघीय माननीय सुर्य ढकालसँग बिशेष समय लिएर कोहलपुर टाईम्सका समाचारदाता प्रमोद रिजालले गरेको प्रस्तुत छ कुराकानीको सार संक्षेप ।

१) स्वागत छ यहाँलाई ।
२) धन्यबाद ।

३) आर्थिक वर्ष २०८० ÷२०८१को आय व्याय बजेट माथिको तपाईको दृष्टिकोण के छ ?

यो सरकारले देशलाई पूर्ण रुपले असफल बनाउन खोजिरहेको छ । १७ खर्ब ५१ अर्ब र ३१ करोड विनियोजन गरेको छ । बाहिर एउटा भित्र आर्को पुजिगत खर्च कटौती र चालु खर्च बृद्धि गरेको छ । विनियोजन विधेयक,नीति तथा कार्यक्रम बिचमा कुनै तालमेल छैन ।

पुजिवादी नीतिको जगमा नभएर र दलाल पुजिवादी सिद्धान्तको जगमा आएको छ ।सैद्धान्तिक धराताल नभएको,वस्तुनिष्ट र जनतालाई उत्साहित गर्ने नसकेको, देशको अर्थतन्त्रमा देखिएका समस्या एव चुनौतीहरु सम्बोधन गर्ने नसकेका,अर्थतन्त्रलाई गतिशिल र निजीक्षेत्रलाई उत्साहित गर्ने नसकेका,जनअपेक्षालाई सम्बोधन गर्ने नसकेको,समृद्धि,सुशासन र समाजिक न्याय कायम गर्ने नसकेको, ऋण लिएर ऋण तिर्नु पर्ने अवस्थामा हामीले मुलुकलाई पु¥याएका छौं ।

यसको उतर यो बजेटले खोज्न सकेको छैन । यसले मुलुकलाई दिशा निर्देशन र अहिलेका आर्थिक समस्याहरु समाधान गर्ने सक्दैन ।

४) जनताले प्रष्ट बुझने भाषामा भन्नु पर्दा ।

जस्तै सरकार हेटांैडा कपडा उद्योग र बुटवल धागो उद्योग सञ्चालन गर्ने भनेको छ ।यी उद्योग संचालन गर्ने कपास चाहिन्छ । नेपालमा प्रत्येक वर्ष १२ अर्वको कपास आयत हुन्छ ।२०३७ सालमा स्थापना भएको ८५० विधा जग्गा भएको करिव २ अर्व बरावरको सम्पती भएको ।

मोओवादीले बम हानेर तहसनहस बनाउन नसकेको अहिले पनि नाफामा रहेको कपास विकास समिति,दुग्ध विकास,खारेज गर्ने प्रस्ताव गरेको छ । आफुलाई लोकतन्त्रको मसिया भन्छ अनि निर्वाचन कार्यालय हटाउने अर्थात लोकतन्त्रको मर्ममाथि प्रहार गदर्छ ।

५) दलाल पुजिवादी उत्पादन सम्बन्ध भनेको के हो ?

दलला पुजिवादी उत्पादन सम्बन्ध भनेको जग्गा एउटाको किन्छ आर्कोले नाफा खान्छ जग्गा पनि नभएको पैसा पनि हाल्न नपर्ने व्यतिले ।अहिले जनमत एमालेको ,सिट नेकाको सरकार माओवादीको छ ।सरकार कुनै न कुनै उत्पादन सम्वन्धसँग जोडिएको हुन्छ ? सामान्ती उत्पादन,पुजिवादी उत्पादन, समाजवादी उत्पादन र दलाल पुँजीवाद उत्पादन सम्वन्ध यो सरकार दलला उत्पादन सम्बन्धको जगमा गठन भएको हो । दलला पुजीवादी उत्पादन सम्बन्धले राष्ट्रिय पुजीको निर्माण गर्न सक्दैन ।

राष्ट्रिय पुजीको निर्माण नभई उद्योग कलकारखाना स्थापना हुँदैन, उद्योग स्थापना नहँुदा रोजगारी सृजना हँुदैन । उद्योग स्थापना नगर्दा देशलाई धनी बनाउन सकिदैन । देश धनी नभई रोजगारी सृजना गर्ने सकिदैन ।बजेट स्वाधिन अर्थतन्त्रमा आधारितभन्दा पनि दलाल पुजीवादमा आधारित छ । यो बजेट आई सकेपछि किसान,मजदुर, शिक्षक कर्मचारी व्यापारी उद्योगी सहकारीकर्मीहरु सबै आन्दोलित हुन्छ । राजनीतिक अराजकता,सामाजिक अराजकता,आर्थिक अराजकता,करका दरमा पनि अराजकता देखापर्छ ।

६) तपाईको बिचारमा प्रधानमन्त्रीको भारत भम्रण कस्तो रहेको पाउनुभयो ?

भारत भम्रणको इतिहासमा सबैभन्दा कम्जोर, निम्छरो र देशलाई अपमानित बनाउने काम यो भ्रमणले गरेको छ । स्वएम् प्रधानमन्त्रीज्यूले भारत रिसाउँछ कि भनेर इपिजीको कुरा १९५०को असमान सन्धी,कालापानी बाट सेना हटाउने कुरा,अतिक्रमण भएका सिमान,अग्नीपथ,थप हवाही मार्ग जस्ता बिषय उठाइन र भारतले आफनो संसद भवनमा राखेको लुम्बिनी पनि उठाईन तर भारतले मागेका जलविधुत सवै दिएर आए ।

विधुतको लिखित भएन मोदि जिले भाषाणमा १० बर्ष पछि १० मेगवाट विजुलि किन्छु भन्नु भएको छ । १५ मुर्रा रागा लिएर आए ।हामीले सवै घुमायौ । भारतले दिनु पर्ने सबै प्रचण्डसँग लियो । म माओवादीमा आवद्ध साथीहरुलाई आजभन्दा २८ वर्ष अगाडि प्रस्तुत गरको ४० बुदे मुद्धाहरु मध्य नौ वटा मुद्धाहरु भारतसँग जोडिएका छन् तीन पटक भारत भम्रण जदा यी आफैले उठाएका मुदाहरु किन राख्न सक्नु भएन? त्यसैको नाममा १७ हजार मानिसको अकालमा ज्यान जाने थिएन,हजारौं आमाहरुको कोख रित्तिने थिएन,हजारौ बालक टुहुरा हुने थिएन, जनताको श्रम र पसिनाबाट निर्माण गरेका खर्बौ भौतिक संरचना ध्वस्त हुने थिएन ।ती विषयहरु किन उठाइएन प्रश्न गर्ने अनुरोध गर्दछु ।

७) यो आर्थिक बर्ष बाँकेको लागि कस्ता योजनाहरुले प्रथामिकता पाएका छन ?

यस पटक मेरै पहलमा बाँकेवाट निर्वाचि तथा समानुपातिकमा मनोनीत ६ जना प्रतिनिधि छौ । बांकेको विकासमा साझा धारणहरु पनि अगाडी सारकेका पनि छौ । बाँके जिल्ला पश्चिम नेपालको २४ जिल्लाको केन्द्र विन्दु हो । बाँकेको विकासले पश्चिमका २४ जिल्लाको अर्थ राजनीतिलाई प्रभाव पर्छ । आफ्नो जिल्ला छोड्दा त्यहाँका जनताको शिक्षा,स्वास्थ्य,व्यापार र रोजगारीको लागि पहिलो गन्तव्य बाँके हो । काठमाडौ पछिको पुरानो शहर पनि हो ।

राप्ती नदी,डुडुवा,मानखोला,रोहिणीखोला र चुकेनाला भक्तेखोलाको तटबन्धन,नरैनापुरका ११०० खरका छाना हटाई टिनका छानामा रुपान्तरण,मटेहियादेखि बेतहनी जोड्ने राप्ती नदीमा पुल, कुसुमदेखि चिसापानीसम्म मध्यवर्ती क्षेत्रमा तारवार,राष्ट्रिय गौरवको योजना सिक्टा,कोहलपुर चप्परगौडी खडकवार हुदै सल्यान जोड्ने सडक,कोहलपुर क्रिकेट मैदान, कोहलपुरमा खुला खेलकुद विश्वविद्यालय,कोहलपुर बालअस्पताल, कोहलपुर रिङरोड, गाभार पर्यटकीय क्षेत्रको गुरुयोजना, नौवस्ता औद्योगिक क्षेत्र,खजुरा क्यान्सर अस्पतालको स्तरोन्नती, भेरी अस्पताल मेडिकल कलेजको रुपमा स्तरउन्नती,नेपालगन्ज विमानस्थलको स्तरोन्नती,मदन भण्डारी धार्मिक पर्यटन मार्ग, सिधनुवा र डुडुवामा आर्यघाट निर्माण र खुला सस्कृतिक सङ्ग्रालय वैजापुर, लगायत विभिन्न मन्त्रालय,राष्ट्रिय योजना आयोग र विभागमा बाँकेको समग्र विकासको लागि ८४ योजनाहरु पेश गरेको छु ।

कुुसुमको शिव मन्दिर,बैजापुरको भुवरभवानी, राप्ती सोनारीको बर्फानी बाबा, नरैनापुरको सन्तानेश्वर,फत्तेपुरको पोखरामाता,नेपालगन्जको बागेश्वरी,खजुराको मनकामना,वैजनाथको मानसरोवर प्रतिकस्थल,कोहलपुरको रामजानकी र राप्तीसोनारीको कालीका मन्दिर र सबै धर्म कला साहित्यको संरक्षण र प्रवृदनको लागि पनि योजना पेश गरको छु । बांके जिल्लामा बजेट विनियोजन गर्दा विभेद नगरियोस् भनी दवाव पनि दिन जरुरी छ । बजेट डडेलधुरा,नुवाकोट र गोैखा मात्र पर्ने खतार पनि उतिकै छ ।

८ देश नबन्नुका प्रमुख कारण के हो जस्तो लाग्छ ,बनाउन के गर्नुपर्ला ?

जनताले अहिले हामीसँग अपेक्षा गरेको छन्,के देश अब बन्छ ?कहिले,कसरी कस्को पालामा,जनतालाई यो बजेट उत्तर दिनु सकेको छैन । आब्हान गरौन माछा, मासु, तरकारी फलफुलमा आत्मनिर्भर बनाइनेछ,बन्ने हो भने २ खर्व ३ अर्व बच्दो रहेछ । २ खर्वको लागि विदेशिको पाउ किन मोल्न परयो । देश नबन्नुका धेरै कारणहरु छन्। सामान्तीवादी सोच, यथास्थितिवादी दृष्टिकोण र हिंसात्मक प्रवृति ।

यो प्रबृति नेपालमा २४० वर्षदेखि यो वा त्यो नाममा नेपालको राजनीतिमा हाबी छ ।बजेट निर्माण गर्दा करका दरहरु तयार गर्दा माथिका बाधाहरु हटाउने कुनै योजना छैन ।राजनीतिक परिवर्तन भयो,आर्थिक,समाजिक र सिस्टममा परिवर्तन गर्न सकेनौ ।सिस्टममा परिर्वतन नहुदा जनताले परिवर्तनको अनुभूति पाउन सकेनन ।

आर्थिक र सिस्टममा परिवर्तन गर्ने कुनै योजना छैन ।सडकले बाटो बनाउने,बनाई सकेपछि ढलले खन्न सुरु गर्ने ढल बनाई सकेपछि खानेपानीले खन्न सुरु गर्ने खानेपानीले सकेपछि विद्युतले खन्न सुरु गर्ने विद्युतले खनिसकेपछि टेलिकमले खन्न सुरु गर्ने मोडालिटी नै हाम्रो विकासको मोडालिटी हो । ढल,खानेपानी,विद्युत टेलिकमको व्यवस्था वा ठाउको निश्चित गरेर मात्र सडक बनाउने नियम बनाउने हो भने आधा हाम्रा समस्या समाधान हुनेछ र सडक ले आफ्नो क्षेत्रअधिकारभित्र रहेको ३१ मिटरभित्र सडक विस्तार गर्दा कसैसँग पनि अनुमति लिनु नपर्ने मात्र जानकारी दिए पुग्ने नियाम बनाउने हो भने विकासले गति लिन समय लाग्दैन ।

९ अन्तमा थप केहि भन्न चहानुहुन्छ ?
आर्थिक वर्ष २०८० ÷८१ को लागि बांके क्षेत्र न १ मा विभिन्न मन्त्रलालय बाट बजेट विनियोजन गर्ने तिस वडा अध्यक्षहरु,तिनै पालिकाका प्रमुखहरु,प्रदेशका माननीय कृष्ण केसी नमुना,बसन्ती अधिकारी सन्जुकुमारी चोधरी,संघका माननयि दिपा शर्मा धवलशम्शेर राण लक्ष्मी तिवारी , बर्दियाको माननिय शान्ती चौधरी ,मन्त्री प्रकास ज्याला,रामहरी शर्मा, प्रत्येक मन्त्रालयका सचिव र मातहतका अधिकास कर्मचारहिरको सहयोग रहयो ।

कोहलपुर चपरगौडि खर्कवार हुदै सल्यान जोडन अन्तर प्रदेशिय सडकको लागि ठुलो चुनौति थियो ।मेरो सयोजकत्वमा २३ सदस्य सघर्ष समिति बनाएर विभिन्न कार्यक्रम गरेका थियो , तिलक परियार,सुर्दशन बराल,शंकर पोखरेल, आरति पौडेल शान्ता चौधरी,प्रकास ज्वाला,डा पूष्पराज कडेल, भानुभक्त ढकाल योगेश भटराई बैजनाथ चौधरी, कणली र लुम्विनीका योजना आयोगका उपाध्यक्षहरु लाई ज्ञापन पत्र बुझाउने, हस्ताक्षयर सकलन गर्ने अभियान संचालन गरेका थियो । पहिलो चरणमा तिन करोड बजेट विनियोजन भई काम सम्मन्न भइ सकेको छ । भने अहिले कोहलपुर चपरगौडि ,खर्कवार हुदै सल्यान जाने सडकमा ८ करोड बजेट विनियोजन भएको छ ।

चुनावको बेला यो मेरो प्रमुख नारा तथा योजना थियो । सरकार जनता का अपेक्षा सम्वोधन गर्ने गरि बजेट आउन सकेको छैन । कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझै पँुजीगत खर्च कटौती गरेर समृद्धिको सपना पूरा गर्न सक्छौ ? भारत र चीनको अर्थतन्त्रलाई कोभिड र युक्रेन युद्धले प्रभाव नपार्ने हाम्रो देशको अर्थतन्त्रलाई कोभिड र युक्रेन युद्धले असर ग¥यो भन्नु नाच्न नजान्ने आँगन टेढो भने जस्तै हो ।

 

 

Nabintech