६ जेष्ठ २०८१, आईतवार
पत्रकार महासंघ बाँकेमा बिभेदकारी शुद्धिकरणका बिरुद्ध धर्ना

महासंघ बाँकेलाई बिभिन्न पार्टिका भातृ संगठनहरुले भाग बण्डा गर्दै सामन्तवाद चरित्र बोकेको आरोप


  • टाइम्स संवाददाता

  • ७ असार २०८०, बिहीबार १८:४३

नेपालगञ्ज, बाँके:नेपाल पत्रकार महासंघ बाँकेले नयाँ सदस्यता वितरण तथा सदस्यता शुद्धिकरणका नाममा राजनैतिक भागबण्डा गर्दै उस्तै प्रकृतीका मुद्धा भएका केहि सदस्यहरुलाई नबिकरण गर्ने तर केहि सदस्यहरुलाई नविकरण नगर्ने शैलि अपनाउदै प्रदेशमा नामावलि सिफारीस गरेको भन्दै बाँकेमा क्रियाशिल पत्रकारहरुले बिरोध जनाएका छन ।

महासंघ बाँकेलाई बिभिन्न पार्टिका भातृ संगठनहरुले भाग बण्डा गर्दै सामन्तवाद चरित्र बोकेर कलम चलाउने पत्रकारहरुलाई समेत पुर्वाग्रही तरीकाले पाखा लगाउन गरेको सिफारीसको निर्णयका बिरुद्ध आज पत्रकार महासंघ बाँकेको मुल गेटमा धर्ना दिंदै बाँकेमा सक्रिय कलम चलाउने सहभागि पत्रकारहरुले कार्यबहाक अध्यक्ष संगिन शर्मालाई ज्ञापन पत्र समेत बुझाएका छन ।

कालो ब्यानरमा सहित महासंघको प्रांगणमा भेला भएका २ दर्जन बढि पत्रकारहरुले कार्यक्रम स्थलमै ज्ञापन पत्रमा हरुताक्षर गरेका थिए । उक्त धर्ना तथा बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार अगुवाहरुले महासंघ बाँकेको बर्तमान नेतृत्व अहिले सम्मकै निकम्मा निर्लज्ज र स्वईच्छारी भएको भन्दै उक्त समितीले नबिकरण तथा नयाँ सदस्यता वितरणमा गरेको सिफारीस बिबेकहिनहरुले गर्ने कामको पराकाष्ठा भएको दावि गरेका छन ।

हामी शुद्धिकरणका बिरोधि हैनौ तर सुद्धिकरणको सिद्धान्त सबैलाई समान रुपले हुनुपर्ने भन्दै कोहि शिक्षकलाई हटाएको कोहि लेक्चरलाई बचाएको, सदस्यताबाट हटाउन तथा सदस्यता कायम सिफारीस गर्दा सम्बन्धित सदस्यलाई कुनै जानकारी नदिएर एकैपटम टाउको निमोठेर सुचनाको हकबाट समेत बिमुख पारेको आरोप उक्त कार्यक्रमका बक्ताहरुले लगाए ।

कार्यक्रममा थारु पत्रकार संघका केन्द्रिय सदस्य शम्भु थारु, प्रेस चौतारी बाँकेका उपाध्यक्ष बिनोद भट्टराई, पत्रकारहरु जिवन शर्मा र नमस्कार शाहले पत्रकार शुद्धिकरण तथा नयाँ सदस्यता बितरणका बारे धारणा राखेका थिए ।

पार्टिका केहि महा समिती सदस्य, केहि पार्टिका बिभिन्न तह र तप्कामा बसेकाहरुलाई कसैको बचाउ गर्ने त कसैलाई हटाउने कार्य गरेको पत्रकार महासंघ बाँकेले यस्तो किन गरेको भन्ने प्रश्नमा निर्लज्ज संगठनबिच भाग बण्डा गरेको भन्ने उत्तर दिने गरेका छन । एक कार्य समितीका सदस्यका अनुसार बास्तबिक शुद्धिकरण गर्ने हो भने बाँकेमा ५० जना मात्र पत्रकार महासंघको सदस्य कायम रहने ठोकुवा गर्दै ठुला बडा पत्रकारहरुलाई पत्रकार शुद्धिकरणबाट जोगाउन मात्र नभई कुनै हालतमा बचाउने निहुमा पहुच नहुने पत्रकारहरु साँढेको जुधाई बाच्छाको मिचाईमा पारेको बताए । उनले प्रेस चौतारी, प्रेस संगठन , प्रेस युनियन र प्रगतिशिल पत्रकार संघको मिलेमतोमा भागबण्डा लगाएको ठोकुवा गरे ।

बाँकेबाट सदस्यता प्राप्त गरेका सदस्यहरु मध्य सिफारीसमा परेका ८० प्रतिशत ब्यक्तिहरु बचाउ गरि सिफारीस गरिएको भन्दै महासंघ बाँकेका सदस्यले नाम नबताउने शर्तमा पार्टिका महासमिती सदस्य, जिल्ला सदस्य, ब्यापारी, कहिल्यै कलम नचलाउने ब्यक्ति, लेक्चर, प्रकाशन गृह नै नभएका र पत्रिकाका ब्यबस्थापकको समेत नाम सिफारीस भएको दावि गरे ।

कार्यक्रममा ज्ञापन पत्र बुझदै कार्यबहाक अध्यक्ष संगिन शर्माले काम गर्दा त्रुटि हुनसक्ने भन्दै जिल्लाबाट सिफारीस भई सकेकाले प्रदेशमा पहल गर्न आग्रह गरे ।

उनले शुद्धिकरणमा बिभेद नभएको दावि गर्दै मर्का परेका सदस्यहरुका लागि आफुले प्रदेश संगको सहकार्यमा सम्बोधन गर्ने बातावरण गराउने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रमको सञ्चालन सकिल अहमद कादरीले सञ्चालन गरेको कार्यक्रममा अधिकांश सदस्यहरु बिरोध स्वरुप महासंघको पानी समेत नखाई बाहिरिएका थिए ।

बिज्ञप्ति

 

Nabintech