५ जेष्ठ २०८१, शनिबार
खेलकुद विकास समितिको ताला खोलियो

  • टाइम्स संवाददाता

  • ३ श्रावण २०८०, बुधबार १३:३३

नेपालगञ्ज : साविक मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति नेपालगञ्जको कार्यालयमा लगाइएको ताला खोलिएको छ । साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा (प्रदेश खेलकुद परिषद्, लुम्बिनी) कार्यरत करार कर्मचारी चिरञ्जिवी लम्सालले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदिपजंग शाहलाई अभद्र ब्यवहार गरेको भन्दै ताला लगाइएको थियो ।

इन्जिनियर लम्सालले आफूबाट गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता गतिविधी नदोहोर्याउने प्रतिबिद्वता सहित रंगशालामा निर्माणाधिन सेन्थेटिक ट्याक निर्माणका क्रममा हालसम्म निर्माण कम्पनीलाई भुक्तानी भएको सम्पूर्ण बिल भरपाईको प्रतिलिपी उपलब्ध गराउने सहमतिपछि ताला खोलिएको हो ।

लम्साललाई कार्यशैली सुधार गर्दै तत्काल सच्चिन आग्रह गर्दा अध्यक्ष शाहलाई मध्यरातको समयमा फोनमार्फत अभद्र व्यवहार गरेको आरोप छ । आगामी दिनमा कनैपनि कर्मचारीबाट खेलकुद क्षेत्रको विकासमा प्रतिकुल हुने गतिविधि भएको पाइएमा कडा कदम चाल्न बाध्य हुने विज्ञप्तीमार्फत चेतावनी दिइएको छ ।

Nabintech