५ जेष्ठ २०८१, शनिबार
महिला विश्वकप फुटबलमा आज तीन खेल

  • टाइम्स संवाददाता

  • ५ श्रावण २०८०, शुक्रबार ०७:३६

काठमाडौं : महिला विश्वकप फुटबलमा आज  तीन खेल हुदैछ।पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ।

यस्तै, समूह बीमा नाइजेरिया र क्यानडा भिड्नेछन्। यी दुईबीचको खेल विहान पौने सवा ९ बजे अष्ट्रेलियाको मेलवर्न स्टेडियममा हुनेछ।

यसै गरी आज हुने अन्तिम खेलमा समूह सीमा रहेको स्पेन र कोस्टारिका आमने सामने हुनेछन्। यी दुईको खेल दिउँसो पौने २ बजे न्यूजिल्यान्डको विलिंग्टन रिजनल स्टेडियम  हुँदैछन्। ​ तीनै टोली खेलमा सहभागी टिम जितसहित विश्वकपको सुखद सूरुआत गर्न चाहन्छन्। बिहीबारको उद्घाटन खेलमा अष्ट्रेलिया र न्युजिल्यान्डले विजयी सुरुआत गरेका छन्।

 

Nabintech