५ जेष्ठ २०८१, शनिबार
अस्ट्रेलिया र नाइजेरिया महिला विश्वकप फुटबलको अन्तिम १६ मा

  • टाइम्स संवाददाता

  • १५ श्रावण २०८०, सोमबार १८:०६

काठमाण्डाै: अस्ट्रेलिया र नाइजेरिया समूह ‘बी’ बाट महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । आज साेमवार घरेलु मैदान मेलबर्नमा भएकाे खेलमा क्यानडालाई ३–० गाेलले हराउँदै आयाेजक अस्ट्रेलियाले नकआउटमा स्थान पक्का गरेकाे हाे । अस्ट्रेलियाका लागि हेली रसाेले २ तथा म्यारी फाेलर र स्टेफेन क्याटलीले १/१ गाेल गरिन् । अस्ट्रेलिया ३ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेकाे हाे । क्यानडा ३ खेलमा ४ अङ्कसहित तेस्राे स्थानमा रहेर प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

आजै अस्ट्रेलियाकाे सनकाेर्प स्टेडियममा भएकाे खेलमा नेदरल्यान्ड्ससँग गाेलरहित बराबरी खेल्दै नाइजेरिया अन्तिम १६ मा पुगेकाे छ । नाइजेरिया ३ खेलमा ५ अङ्कसहित दाेस्राे स्थानमा रहँदै अन्तिम १६ मा पुगेकाे हाे । नेदरल्यान्ड्स ३ खेलमा १ अङ्कसहित पुछारमा रहँदै बाहिरिएकाे छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेकाे नवाैँ संस्करणकाे फाइनल खेल आउँदो अगस्ट २० मा स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

Nabintech