६ जेष्ठ २०८१, आईतवार
आफ्नै व्यबहारको कोपभाजनमा कोहलपुर नगर प्रमुखका वाचाहरु !

  • स्वतन्त्र नागरिक 

  • १७ श्रावण २०८०, बुधबार १२:१३

“कुरामा तिमी जति महान छौ काममा पनि महान बन, काम जस्तो कुरा गर कुरा जस्तो काम गर।” यो दिब्य कथनले एउटा दर्शन बोकेको छ। मानिसलाई आफ्नो मुल्य मान्यताबाट च्युत हुन नदिने दर्शन । कथनी र करणीको अस्तित्वलाई छुट्न नदिने दर्शन ।
स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको आज झण्डै  पन्ध्र महिना पुग्दैछ। यो अवधिमा  कोहलपुर नगरपालिकाले विकास र समृद्धिको लागि के कस्ता पहलकदमी लियो, यो  विषयमा छोटो चर्चा गर्न चाहान्छु । अहिले नै यो सरकार सफल या असफल भनेर भन्न त नमिल्ला तर बिहानीले दिनको सङ्केत गर्छ भने जस्तै केही अमुमान भने अबश्य लगाउन सकिन्छ। यो सरकारको चरीत्र देखाउने केही तथ्य यहाँ पस्किन चाहान्छु।
१) पुरानो बसपार्कका टहरा र सपिङ मलको सपना 
गतबर्षको बर्षातको समय, एका बिहानै शुरू भयो मेयर साबको डोजर अभियान । उद्घोष गरिएको थियो, अतिक्रमित सबै संरचना हटाइने छ, कोहलपुर नगरी सुन्दर र सौम्य बनाइने छ। कोहलपुर न्युरोडबाट शुरु भएको डोजर अभियान पुरानो बसपार्क तिर सोझियो केही टहरा हटाइयो र अभियान त्यही रोकियो ।
ती टहरा न त अतिक्रमण गरेर बनाइएका थिए न त अबैध रुपमा।  तर भनिएको थियो यस स्थानमा एउटा सुबिधा सम्पन्न सपिङ मल बनाइने छ। आज एक बर्ष बितेको छ तर सपिङ मलको शिलान्यास पनि भएको छैन । टहरा  भत्काउदा आखिर के फाइदा हुन पुग्यो नगर र नगरबासीलाई कुरा अझै स्पष्ट हुनसकेको छैन।
 सपिङ मल बन्ने सुनिश्चितता पछि समझदारी मै टहरा हटाएको भए के बिग्रीन्थ्यो होला र ? पुर्बवर्ती सरकारले आफना कार्यकर्तालाई नै सहुलियत दरमा टहारा दिएको भए के त्यो दरभाउ परिवर्तन गर्न वर्तमान सरकारलाई नियम कानुनले  कुनै पाबन्दी लगाउथ्यो होला र ?
कोहलपुर नगरको डोजर अभियान क्रीकेट मैदान तिर किन जान सकेन ? क्रीकेट मैदान अतिक्रमण गरेर बनाइएका संरचनामा अनायास डोजर चलाउनुपर्छ भन्ने हैन, वास्तविक सुकुम्बासीको पहिचान गरि उचित ब्यबस्थापन सहित यो समस्या सुल्झाउनु पर्थ्यो। आखिर मुक्त कमैयाको समस्याको समाधान गर्न सक्ने सरकारले अन्य  सुकुम्बासीको समस्या किन समधान गर्न सक्दैनन सरकारहरु ?
२) ज्ञानज्योति काण्डले खण्डित गरेको शैक्षिक हबको सपना 
कोहलपुरलाई  शैक्षिक हब बनाउने नगरप्रमुखको सपना एउटा सानो घटनाले खण्डित गर्यो भनौ या नेपाली बिश्व विद्यालयको मुल्यांकनलाई चुनौती दियो भनौं ? हालसालै कोहलपुर नगरपालिका वडा न १२ स्थित ज्ञान ज्योति मा. वि. को माध्यमिक तहको बिज्ञान बिषयको शिक्षक पदपूर्ति गरियो । एकातिर भौतिक विज्ञानमा ३.९५ जिपिए सहित स्नातकोत्तर गरेका प्रतिस्पर्धी त अर्को तिर सामान्य जिपिए सहित स्नातक मात्रै गरेका प्रतिस्पर्धी ।
दुबै नेपालकै बिश्व विद्यालय अन्तर्गत पढेका । स्नातक वालाले बाजीमारे। स्नातक वालाको दक्षतामा प्रश्न होइन उनलाई उच्च सम्मान छ। तर उनको नियुक्तिको मसी सुक्न नपाउदै उक्त विद्यालयले २०८० साउन ४ को मितिमा  फेरि भौतिक विज्ञानमा स्नातकोत्तर गरेको माध्यमिक तहको लागि निजीस्रोत शिक्षकको  बिज्ञापन गरेछ। कोहलपुरको स्थानीय सरकारको नीति सार्बजनिक संस्था उकास्ने हो कि डुबाउने ? यदी उकास्ने नै हो भने बिज्ञापनमा उल्लेखित मासिक पैतिस हजार तलबको दरले हुन आउने ब्यय भारले स्कुललाई सहज होला कि असहज ? आखिर दुबै पदपुर्ती गर्नु नै थियो भने किन एकै पटक बिज्ञापन गरिएन ? एक जिम्मेवार नगर अभिभावकको हैसियतले यो कुराको पुस्ट्याइ गर्न आवश्यक छ।
३) गुणस्तरीय स्वास्थ्य सेवा र बारम्बार स्वास्थ्यकर्मीमा प्रहार 
प्रायः सबै दलले कोहलपुरलाई मेडिकल हबको रूपमा विकास गर्ने प्रतिबद्धता आ-आफ्ना चुनावी घोषणापत्रमा  समेट्ने गरेकाछन । देशमा गणतन्त्र आएको पन्ध्र बर्ष भैसकेको छ । विशेषज्ञ सेवा सहितको सर्बसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता कति पुराभयो ?  कोहलपुर जस्तो उदियमान नगरको स्वास्थ्य सेवाको कुशलतापुर्बक ब्यबस्थापन गर्नसक्ने नेतृत्व छ त ? साचो अर्थमा भन्ने हो भने कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखा जत्तिको व्यतिथी  सायदै अरु शाखामा नहोला।
कहिले नेतृत्व कस्ले लिने भन्ने विवाद त कहिले कर्मचारी ब्यबस्थापनको नाउमा निमुखा कर्मचारीलाई प्रताडना । स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा कर्मचारी कुटपिटमा उत्रिएको जस्तो असोभनिय घटना विगतमा घटेकै हो। यस्ता यावत समस्याको सामाधान निति, विधि र पद्धतिमा टेकेर अधि बढ्न सक्ने दक्ष नेतृत्वको ब्यबस्थापन बाट मात्रै सम्भव छ।
४) उदघाटनको चटारो संचालनमा बिलम्ब 
गतबर्ष कोहलपुरमा नापी र मालपोतको गित धेरै गाइयो । विभिन्न पार्टीका आ- आफ्नै दाबी थिए । मानौ कि जसलिने प्रतियोगिता आयोजना गरिएको थियो। कताकता ब्यानर झुन्डिएको पनि देखिन्थ्यो तर आजका दिन सम्म न मालपोतको काम न नापीको काम शुरु भएको छ कोहलपुरमा । कार्यालय सञ्चालनका लागि थोर बहुत काम हुदै गरेको भन्ने सुनियता पनि कार्यान्वयनमा अझै विश्वस्त हुन सकिने वातावरण छैन । एउटा  स्थानीय तहको जिम्मेवार  प्रमुखको हैसियतले वर्तमान स्थानीय सरकारको केही भुमिका हुदैन र ?
 अर्कोतिर अत्याधुनिक नयाँ बसपार्कको उदघाटनको दोहोरी पनि कोहलपुरको भाइरल मध्ये कै गित हो । शिलालेखमा नाम लेख्ने सोखको  लागि उद्घाटन गरिएको हो कि संचालनमा ल्याउन ? किन आज सम्म संचालन हुन सकेको छैन ? यसको जवाफ वर्तमान स्थानीय सरकारले दिनुपर्छ ।
कोहलपुर नगरपालिकामा निर्माण सम्पन्न भई दुई दुई पटक सम्म उट्घाटन भएको आधुनिक सुविधा सम्पन्न कोहलपुरको नयाँ बसर्पाकमा खानेपानीको व्यवस्थापन नभएकाले उपभोक्ता समिति गठन गरि रु १०लाखको बजेट खर्चमा खानेपानीको व्यवस्थापन गर्न लागिएको छ ।
संरचना बनाउदा सामान्य बिषयलाई नजर अन्दाज गरिदा जनताको करको समेत दुरुपयोग बढदै गएको कोहलपुर नगरमा बनिसकेको संरचना भत्काउदा १० लाख खर्च गर्नुपर्ने अबस्था ल्याउने दोषि को हो सबैको चासोको बिषय बन्दै गएको छ ।
५) दशलाखे भाइरल गेट र अपनाउनु पर्ने प्रक्रिया 
कोहलपुर वडा न २ स्थित तेह्र बिगाहा खेलमैदानको लागि बनेको प्रवेशद्वारले राम्रै चर्चा बटुल्यो । स्थानीय सरकारको तर्फबाट यसमा आफ्नो सङ्लग्नता नरहेको पुष्टि गर्ने कयौं प्रयास भए । सञ्चार माध्यममा जुहारी खेल्नुको सट्टा तथ्य प्रमाणको आधारमा कारबाही प्रक्रिया अघि बढाउन लाग्नु पर्थ्यो।
कोहलपुर सबै कोहलपुर बासीको हो । यसको समृद्धि सबैको चासो र जिम्मेवारीको बिषय हो। कोहलपुरको सर्वङ्गीन विकासमा सबै पक्षलाई समेटेर अगाडि बढाउने प्रमुख दायित्व स्थानीय सरकारको हो । हरेक प्रश्नको जवाफ सञ्चार माध्यम बाट दिएर पिसाबको न्यानो गर्ने भन्दा दुरगामी महत्त्वका आयोजना पूरा गरेर ब्यबहारिक जवाफ दिनुनै हित्कर होला।

६.लक्ष्मि नारायण मन्दिर काण्ड

लक्ष्मी नारायण मन्दिर संरक्षण तथा अन्य पुर्बाधार निर्माण शिर्षकबाट पर्यटन डिभिजन कार्यालय कोहलपुरले दश लाख रकम बिनियोजन गरेछ जसमा भुईतला र माथिल्लो तलामा टर्स निर्माण, मन्दिर भित्र पि.सि.सि. को कार्य र चार वटा पिल्लर थप्ने भनेर उल्लेख गरीएको छ । उक्त लोक नगरमा निर्माण गरिएको लक्ष्मी नारायण मन्दिरको टर्स बनाउँदा आर्थिक हिनामिना गरिएको छैन भन्ने आधार कस्ले देखाउने हो यसै भन्ने वातावरण छैन ।

पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेले लक्ष्मी नारायण मन्दिरको निर्माण कार्यका लागि दश लाख र कोहलपुर नगरपालिका वडा नं। ११ बाट दुई लाख पचास हजार गरी बाह्र लाख पचास हजार छुट्टाएको थियो । पर्यटन डिभिजन कार्यालयले छुट्टाएको टुक्रा बजेटले मन्दिरको ट्रर्स निर्माण गर्दा दश लाख खर्च भएको भनिएता पनि निर्माण खर्चको कुनै इस्टमेट छैन । सिमेन्ट लाएर टिनले छाएर साढे बाह्र लाख कसरी सकियो कोहलपुरे जनतालाई यसको फेरीहिस्त दिन पर्छ कि पर्दैन ।

७.सडक चौडा र बिरुवाका कथा
सडग बिभाग र नगरले कोहलपुर नगरपालिका भित्र रत्न राजमार्ग छेउमा बनेका घरहरु कतै २५ मिटर त कतै ३२ मिटर भत्काएको जग जाहेर नै छ । ति खण्डहर बनाईएका घरहरुका अगाडि घर मालिकले नै विरुवा रोप्ने भनिएको भएपनि त्यो अभियान अहिले सेलाउदै गएको छ भने सडक पेटि भत्काईएको भएपनि फुटपाथमा बटुवा हिडन नमिल्ने गरि ट्रक, जिप, ई रिक्सा पार्किङ गरिएको सहजै देख्न सकिन्छ ।

ठेला राख्दा बटुवालाई हिड्न बाटो अबरुद्ध हुने, ब्यपारीले अलि बाहिर सम्म टिन लाउदा सकस हुने , ब्यापारीक प्रयोजनमा आफना पसल अगाडि राखिएका होर्डिङ बोर्ड समेत नगर प्रहरी लगाई हटाउने तर माल बहाक गाडि, निजि जिप कार, बस जिप र ई रिक्सा राख्न दिने यो के नगरका लागि अघोषित निति भित्र पर्छ कि यी राख्दा बटुवालाई कुनै अबरोध गर्दैन ?

यसै गरि नगरले कोहलपुर साझा चोक देखि हाईस्कुल सम्म पुराना बिरुवा उखेलेर नयाँ बिरुवा त लगायो यस बिषयमा धेरै भेटहरुमा नगर प्रमुखबाट धेरै प्रष्टिकरण पनि आए तर अदालतमा मुद्धा रहेको स्थानमा विरुवा उखलेर रोप्न पाईन्थ्यो पाईदैन्थ्यो । विरुवा हुर्काउन लगाईका बारहरु कति बैज्ञानिक छन कतै तिनि बारहरु दुर्घटना पश्चात मान्छे मार्ने यमराजका रुपमा उभिने त हैनन ?

Nabintech