१ जेष्ठ २०८१, मंगलवार
बालज्योती र सिर्जना सामुदायिक वनबिच स्कुल फिल्ड जिन बैंक कार्यक्रम गरिदै

बिद्यार्थीहरुलाई अनुसन्धानमा र प्रयोगात्मक शिक्षामा सहयोग होस भन्ने उद्धेश्यका साथ खालि जग्गामा विरुवा रोप्न अनुमति दिने निर्णय


  • टाइम्स संवाददाता

  • २१ श्रावण २०८०, आईतवार ११:०३

कोहलपुर,बाँके:  बाँकेको कोहलपुर १२ मा रहेको सिर्जना सामुदायिक बन र बाल ज्योती सेकेण्डरी स्कुल बिच बृक्षारोपनका बिषयमा सम्झौता भएको छ । सामुदायिक बनले बाल ज्योती स्कुलमा अध्यन गर्ने छात्र छात्राहरुको ब्यबहारीक ज्ञान शिप र दक्षता बढाउदै अध्यन अनुसन्धानमा सहयोग पुरयाउने हेतुले रैथाने प्रजातीका बिरुवाहरु रोप्न जग्गा उपलब्ध गराउन लागेको सिर्जना सामुदायिक बनका अध्यक्ष सुमन पौडेलले कोहलपुर टाईम्सलाई बताए ।

उनका अनुसार बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई अनुसन्धानमा र प्रयोगात्मक शिक्षामा सहयोग होस भन्ने उद्धेश्यका साथ खालि जग्गामा विरुवा रोप्न अनुमति दिने निर्णय भए बमोजिम आज आईतवार सम्झौता गरिएको बताए ।

बिद्यालयका तर्फबाट प्रिन्सिपल दामोदर पौडेलले बिद्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत बिद्यालयले रैथाने जातका बिरुवा खरिद गरेर रोप्ने उल्लेख गर्दै रोपेका विरुवा हुर्काउने बढाउने समेत बिद्यार्थीहरुले नै गरेर सामुदायिक वनलाई हस्तान्तरण गरिने बताए । उनले नार्कको सहयोगमा बिद्यालयले बालज्योति स्कुल फिल्ड जिन बैंक कार्यक्रम गर्न लागेको बताए ।

उनले हुर्कि नसक्दा सम्म रापिएका विरुवाका बारेमा बिद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराउदै अनुसन्धानमा समेत सहभागि गराउदै शिक्षण सिकाईलाई ब्यबहारीक रुपमा लैजाने बिद्यालयको चहाना रहेको उल्लेख गरे ।

द्धिपक्षिय सम्झौतामा बिद्यालयका तर्फबाट प्रिन्सिपल दामोदर पौडेल, सहायक प्रिन्सिपल चिरिञ्जीवी सुबेदी र सिर्जना सामाुदायिक बनका तर्फबाट अध्यक्ष सुमन पौडेल, उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, कोषाध्यक्ष लोक बहादुर के.सि.,उप सचिव अमृता कुवर, सदस्य बुद्धिराम खत्रि, लक्ष्मी थापा, बृखनाथ योगि र खुइती चौधरी सल्लाहकार ओम बहादुर राना र महेन्द्र पौडेलको उपस्थिती रहेको थियो ।

सिर्जना सामाुदायिक बनले आफना उपभोक्ता मार्फत ५००० बढि कागति, केराका विरुवा लगाएर सामुहिक खेती गरिरहेको छ भने कोहलपुरमा भ्यु टावर समेत निर्माण गरि बाँके राष्ट्रिय निकुञ्ज र कोहलपुरको दृश्याबलोकनका लागि आन्तरीक पर्यापर्यटनलाई समेत टेवा दिएको छ । आफना उपभोक्ताहरुलाई बार्षिक रुपमा काठ , दाउरा तथा घास समेत दिंदै आएको वनले वनभित्र फलेका फलफुल समेत उपभोक्ताहरुलाई दामासाहिले वितरण गर्दै आएको छ ।

Nabintech