६ जेष्ठ २०८१, आईतवार
घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०८०, बुधबार ०६:५४

काठमाण्डौ: घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी भएको छ । पाँच खेलको शृंखलामा वेस्टइन्डिज २–१ ले अघि छ । गएराति भएको खेलमा जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

भारतका सूर्यकुमार यादवले सर्वाधिक ८३ रन बनाए । तिलक बर्मा ४९ र हार्दिक पान्ड्या २० रनमा रनमा अविजित रहे । डेब्यू खेल खेलेका यशस्वी जैसवाल १ र शुभमन गिल ६ रनमै आउट भए । वेस्ट इन्डिजका अल्जारी जोशेफले दुई तथा ओबेद म्याककोयले एक विकेट लिए ।त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

उसका कप्तान रोभम्यान पावेल ४० रनमा अविजित रहे । ब्रेन्डन किंगले ४२ रन जोडे ।भारतका कुलदीप यादवले ३ विकेट लिए । अक्षर पटेल र मुकेश कुमारले समान एक/एक विकेट लिए ।पहिलो खेलमा वेस्ट इन्डिज ४ रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो ।चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

Nabintech