६ जेष्ठ २०८१, आईतवार
एसिया कपका लागि नेपाली टोली घोषणा

  • टाइम्स संवाददाता

  • २९ श्रावण २०८०, सोमबार १८:३६

काठमाडौं : पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । एसिया कपमा नेपालले पहिलो पटक सहभागित जनाउँदै छ । जसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

एसिया कप अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल ४ सेप्टेम्बरमा भारतसँग श्रीलंकाको केन्डीमा खेल्नेछ । नेपाल शीर्ष दुईमा पर्न सके सुपर फोमा पुग्नेछ ।

एसिया कपअघि नेपाली टिमले पाकिस्तानमा एक साता तयारी गर्ने क्यानले जानकारी दिएको छ । पाकिस्तामा रहँदा नेपाली टोलीले पाकिस्तान क्रिकेट बोर्डले उपलब्ध गराएकोे टोलीसँग अभ्यास खेल खेल्नेछ ।

नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, भिम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।

 

Nabintech