२२ बैशाख २०८१, शनिबार
एकदिवसीय ओडीआई क्रिकेटमा पाकिस्तानको शानदार जित

  • टाइम्स संवाददाता

  • ६ भाद्र २०८०, बुधबार ०७:४६

एजेन्सी:पाकिस्तानले पहिलो ओडिआई क्रिकेटमा अफगानिस्तानविरुद्ध शानदार जित निकालेको छ। श्रीलंकाको महिन्दा राजपक्ष अन्तर्राष्ट्रिय रंगाशालामा गएराति अफगानिस्तानलाई ५९ रनमा अलआउट गर्दै पाकिस्तानले १४२ रनको जित हात पारेको हो ।

पाकिस्तानले दिएको २०२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९.२ ओभरमा ५९ रनमा अलआउट भयो। अफगानिस्तानका रहमान उल्लाह गुर्वाजले १८ तथा अजमतुल्लाह उमरजाईले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाकिस्तानका हरिस रउफले ५ विकेट लिए। शाहिन शाह अफ्रिदीले २ तथा शादाब खान र नसिम शाहले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४७.१ ओभरमा २०१ रनमा अलआउट भएको थियो। जितसँगै पाकिस्तानले तीन ओडीआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दुई देशबीचको दोस्रो खेल बिहीबार हुनेछ।

Nabintech