२२ बैशाख २०८१, शनिबार
नेपालले आज मलेसियासँग खेल्दै

  • टाइम्स संवाददाता

  • ८ भाद्र २०८०, शुक्रबार ०६:३८

काठमाडौ : चार देशको महिला ट्वेन्टी-ट्वेन्टी क्रिकेट सिरिजमा आज नेपालले आयोजक मलेसियासँग खेल्दैछ।  मलेसियाको वायुमास ओभल मैदानमा यो खेल नेपाली समय अनुसार विहान पौने १२ बजे सुरु हुनेछ।

नेपालले अहिलेसम्म लगातार दुई खेलमा जित हासिल गरेर अंक तालिकामा शिर्ष स्थानमा रहेको छ। नेपालले आफ्नो पहिलो खेलमा हङकङको महिला टिमलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो।​

त्यसैगरी मलेसियाले भने आफ्नो पहिलो खेलमा कुवेतलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको थियो। आज नेपालले मलेसियाको सामना गर्नु अघि आज नै अर्को खेलमा हङकङ र कुवेतबीच खेल हुदै छ।

कुवेतले दुवै खेलमा हार बेहोरेकोले फाइनलको दौडबाट बाहिर रहेको छ। नेपाल अहिले २ खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने हङकङ र मलेसिया २(२ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्। शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् भने दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने छन्।

Nabintech