२२ बैशाख २०८१, शनिबार
फिफाले हटायो श्रीलंकामाथिको प्रतिबन्ध

  • टाइम्स संवाददाता

  • १२ भाद्र २०८०, मंगलवार ०८:०२

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबल संघमाथि लगाएको प्रतिबन्ध हटाएको छ। फिफाले श्रीलंका फुटबल संघलाई पत्र लेख्दै प्रतिबन्ध हटाएको जानकारी गराएको हो।

फिफा, एएफसी र देशको खेलकुद मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै आवधिक निर्वाचन गर्न नसकेको र संस्थालाई गति दिन नसकेका भन्दै फिफाले यसै वर्षको जनवरी २१ मा श्रीलंकामाथि प्रतिबन्ध लगाएको थियो।

फिफाको ब्यूरो काउन्सिलले निलम्बन फुकुवा गर्ने निर्णय गरेको भन्दै त्यसका लागि श्रीलंका फुटबलले विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ।

श्रीलंका फुटबल संघको सन् २०२३ जनवरी १४ मा भएको चुनावलाई फिफा र एएफसीले मान्यता नदिएको भन्दै फिफाले पठाएको पत्रमा नयाँ विधानअनुसार चुनाव गर्नुपर्ने उल्लेख छ।  फिफाको प्रस्तावअनुसार सन् २०२३ सेप्टेम्बर १६ मा श्रीलंका फुटबल संघको निर्वाचन गर्ने तयारी छ।

Nabintech