१७ बैशाख २०८१, सोमबार
नेपाललाई चौथो सफलता, पाकिस्तानले गुमायो अर्को विकेट

  • टाइम्स संवाददाता

  • १३ भाद्र २०८०, बुधबार १७:३२

काठमाडौं : एसिया कपमा पाकिस्तानको चौथो विकेट गुमेको छ। सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलले सलमान आगाको बल क्याच गरेका हुन्। सलमानले १४ बलमा पाँच रन बनाएका थिए।

यसअघि लामिछानेले  पाकिस्तानका महत्वपूर्ण ब्याट्सम्यान मोहम्मद रिजवान आउट गरेका थिए। लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन्। रिजवानले ५० बलमा ४४ रन बनाए। उनले खेलमा ६ चौका बनाएका थिए।

करण केसीले पहिलो विकेट ५.३ ओभरमा पाकिस्तानका फखर जमानलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् भने अर्का ओपनर इमाम उलहकलाई रोहित पौडेलले रन आउट गरेका थिए।

Nabintech