४ जेष्ठ २०८१, शुक्रबार
कोहलपुर मोडेल कलेजमा स्वागत कार्यक्रम

कलेजले कला संस्कृतिको समेत संरक्षण संर्बद्धनमा भुमिका खेल्नुपर्ने


  • टाइम्स संवाददाता

  • १६ भाद्र २०८०, शनिबार १६:२१

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको कोहलपुर मोडेल कलेजले एक कार्यक्रमको आयोजना गर्दै बिबिएस द्धितीय बर्षमा अध्यनरत छात्र छात्राहरुले प्रथम बर्षमा अध्यनका लागि आएका नव आगन्तुक विद्यार्थीहरुका निम्ति स्वागत कार्यक्रम सम्पन्न गरेका छन । मध्य तथा सुदुर पश्चिममै सर्वोउत्कृष्ठ नतिजा ल्याउन सफल कलेजले ब्यबस्थापनमा स्नातक चौथो बर्षमा अध्यन सकेका विद्यार्थीहरुलाई तेस्रो बर्षमा अध्यनरत विद्यार्थीबाट विदाई र दोस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुले पहिलो बर्षमा अध्यन गर्न आएकाहरुलाई स्वागत गर्दै कलेजमा एक किसिमको सम्मानको संस्कृतीको विकास गरेको छ ।

२०६६ सालमा ३८ जना बिद्यार्थीहरुबाट ब्यबस्थापन संकायमा अध्यन गराउन शुरु गरेको कोहलपुर मोडेल कलेजले यस अबधिमा ४ सय बढि बिद्यार्थीहरुलाई भर्ना कार्यक्रममा सहभागि गराएर अध्यापन गराउदै आएको छ । स्नातकमा गत बर्षको अन्तिम नतिजामा ७१ प्रतिशत भन्दा बढि नतिजा दिन सकेको यो कलेज कोहलपुर क्षेत्रमा निजि क्षेत्रबाट सञ्चालित पहिलो कलेज हो ।

राम्रो र गुणस्तरीय शिक्षा खोज्ने उच्च विद्यार्थीहरूका लागि एक अभिनव संस्थाको रुपमा उभिएको कोहलपुर मोडेल कलेज केएमसी त्रिवि, नेपालसँग सम्बद्ध रहेको छ भने कलेजको व्यवस्थापन प्रख्यात शिक्षाविद् र विज्ञहरूको टोलीद्वारा गरिरहेका छन । एमविएस, बिआइएम,बिबिएस जस्ता संकायहरुमा म्यानेजमेन्ट अध्यन गराईरहेको यस कलेजले बेला बेला राष्ट्रिय कलाकारहरुलाई निम्तो दिएर कलेजमा अध्यनरत विद्यार्थीहरुलाई भरपुर मनोरञ्जन दिने गरेको छ ।

यसै सन्दर्भमा आज शनिबार कलेजको प्रांगणमा राष्ट्रिय कलाकार एबं गायिका ईन्दिरा जोशिलाई निम्ता गरि कलेजले विद्यार्थीहरुलाई मनोरञ्जन दिनुका साथै नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । स्वागत कार्यक्रमको उदघाटन शत्रलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख एबं कार्यक्रमका प्रमुख अतिथी पुर्ण प्रसाद आचार्यले पश्चिम नेपालका विद्यार्थीहरुका लागि उचित ब्यबस्थापन बिषयको अध्यनकालागि राजधानि जाने बाध्यतालाई कोहलपुर मोडेल कलेजले परिपुर्ति गरेको उल्लेख गरे ।

उनले कोहलपुरमा पनि शिक्षाको संभावना छ भन्ने विश्वास निजि क्षेत्रको यस कलेजले प्रदान गरेको भन्दै नगरपालिकालाई चाहिने आबश्यक सुचकका रुपमा यो कलेज पनि एक रहेको चर्चा गरे । शिक्षाका मन्दिरहरु नाफा मुखि भन्दा पनि सेवाका रुपमा बुझ्नुपर्ने भन्दै नगर प्रमुख आचार्यले राज्यको निति अनुकुल नहुदा निजि क्षेत्रहरु धराशाहि भएको औंल्याउदै यस्ता संस्थाहरु समय स्थान परिचयकालागि पनि अनन्त काल सम्म रहन पर्नेमा जोड दिए ।

कार्यक्रममा नगर उप प्रमुख संगिता सुबेदीले नगरपालिकाले नगरमा शिक्षामा बिशेष योगदान पुगोस भन्ने हेतुले शिक्षा क्षेत्रमा बढि बजेट बिनियोजन गरिएको भन्दै शैक्षिक हब बनाउने उदेश्यलाई निजि क्षेत्रले परिपुर्ति गर्नेमा आफु विश्वस्त रहेको जिकिर गरिन । कलेजले कला संस्कृतिको समेत संरक्षण संर्बद्धनमा भुमिका खेल्नुपर्ने भन्दै किशोरि आत्मरक्षा, लागु औषध र आत्महत्या दुरुत्साहन सम्बब्धि कार्यक्रम युबा पिढिलाई सत्मार्गमा हिड्न प्रेरणा मिल्ने भएकाले नगरसंगको साझेदारीमा कलेजहरुले समेत अतिरीक्त शिक्षामा समेत जोड दिनुपर्ने बताईन ।

नव आगन्तुकहरुलाई स्वागत गर्न आयोजित कार्यक्रमको उदघाटन शत्रमा उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेल, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, कलेजका चिफ सञ्जिव बाबु पंगेनि, जनकराज जैशि लगाएतले आ आफनो धारना ब्यक्त गरेका थिए ।
क्याम्पसका प्राध्यापक हरि प्रसाद चौधरीको स्वागत मन्तब्य संगै प्रारम्भ कार्यक्रममा प्रमिला चौधरि, कृस्टिना स्नेहि, लेबिना एण्ड ग्रुप, दिपिका खड्का, सबिना शाहि, चाहान चौधरि लगाएतले सांस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

बिभिन्न बिद्यालय तथा कलेजका शिक्षक, प्राध्यापकहरु, कलेजका संस्थापकहरु रन्जिता अधिकारि,सरोज पंगेनि, कलेजका प्राध्यापक लगाएत बिद्यार्थीहरुको उपस्थितीमा आयोजित कार्यक्रममा राष्ट्रिय कलाकार एबं गायिका ईन्दिरा जोशिले भरपुर सांगतिक मनोरञ्जन प्रदान गरेकी थिईन । बिनिता सिंजालि मगरको सभापतित्वमा आयोजित उदघाटन शत्रको कार्यक्रम सञ्चालन गणेश पौडेल र बर्षा पाण्डेले गरेका थिए ।

 

Nabintech