१९ बैशाख २०८१, बुधबार
नेपालको पहिलो विकेट गुम्यो, भुर्तेल ३८ रनमा आउट

  • टाइम्स संवाददाता

  • १८ भाद्र २०८०, सोमबार १६:०७

काठमाडौं : एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।  टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालका कुशल भुर्तेल ३८ रनमा आउट भए। २५ बल सामना गरेका उनले २ छक्का र ३ चौका प्रहार गरे।

उनी सार्दुल ठाकुरको बलमा क्याचआउट भएका हुन्। सम्हालिएर राम्रो प्रदर्शन गरिरहेको नेपालले १० ओभरको खेल सकिँदा १ विकेट गुमाएर ६५ रन बनाएको छ।  श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा आएको हो।एसिया कपमा भारतविरुद्ध पावर प्लेमा नेपालले उत्कृष्ट प्रर्दशन गरेको छ।

श्रीलंकाको कान्डीस्थित पाल्केले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १० ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ६५ रन बनाएर खेलिरहेको छ।

ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए। कुशलले २५ बलमा ३ चौका र २ छक्का हाने।  क्रिजमा आशिफ शेख २३ र भिम सार्की शुन्य रनमा नटआउट छन्। आशिफले ३६ बलमा ४ चौक हानेका छन्।

पहिलो पाँच ओभरमा ३ क्याच छाडेपछि भारत केही दबाबमा देखिएको छ।  पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले हार भोगेको नेपाल भारतविरुद्ध सम्हालिएर खेलिरहेको छ।

Nabintech