१८ बैशाख २०८१, मंगलवार
मध्य तथा सुदुरपश्चिममा टप शैक्षिक नतिजा सहित उदाएको केएमसि

६६ सालमा स्थापना भएको कोहलपुर मोडेल कलेजले आजका मिति सम्म आई पुग्दा ठुलो फड्को मार्न सफल


  • प्रमोद रिजाल

  • २२ भाद्र २०८०, शुक्रबार १४:५४

कोहलपुर,बाँके: बाँकेको कोहलपुर यसैपनि सुदुरपश्चिम र कणार्ली प्रदेशको प्रबेशद्धार हो । लुम्बिनी प्रदेशको समेत पुछारको जिल्ला भएपछि यहाँबाट लुम्बिनी प्रदेशका लागि पनि कोहलपुर ट्रान्जिट प्वाईन्ट नै भएको नकार्न सकिदैन । यस संगै मध्य तथा सुदुरपश्चिममा टप शैक्षिक नतिजा सहित केएमसि अर्थात कोहलपुर मोडेल कलेज उदाउन सफल भएको छ ।

कोहलपुर विकास, शिक्षा र अधिकांश संभावना बोकेको शहर पनि भएकाले यहाँ शिक्षामा समेत संभावित भविष्य छ भनेर नै ठुला लगानिका शैक्षिक संस्थाहरु समेत स्थापना हुनेक्रम जारी रहेकै बेला एउटा शैक्षिक संभावना बोकेका युवा संजिववाबु पंगेनीले आफुले अध्यापन गराउदा गराउदै पनि बाँकेको कोहलपुरमा कोहलपुर मोडेल कलेज खोल्न सफल भए ।

त्यसो त ६० को दशकमा विद्यार्थीहरुले आफुले चाहेको बिषय अध्यन गर्न देशको संघिय राजधानि जानुपर्ने चरम अबस्था थियो । राम्रो कलेज राम्रो अध्यापन र राम्रो वातावरण खोज्दै अभिभावक समेत आफना नानी बाबुहरुलाई उनको अब्बल शिक्षाको लागि आफु खालि पेट भएपनि राजधानि र अझ तेस्रो मुलुक सम्म पठाउनु नियति जस्तै भएको थियो ।

तर यो नियतीलाई चिदै कोहलपुरमा ब्यबस्थापनमा राम्रो शिक्षा दिन सकिन्छ र विद्यार्थीहरुलाई सवल सक्षम बनाउन सकिन्छ भन्ने अभिप्रायले कोहलपुरको मुटु एनटिभि रोडमा निजि क्षेत्रबाट कोहलपुरमा पहिलो पटक (केएमसि) कोहलपुर मोडेल कलेज २०६६ सालमा टियुसंग सम्बद्ध रहदै आफना शैक्षिक कार्यक्रम सञ्चालन गर्न आईपुग्यो ।

६० देखि ७० को दशकमा कोहलपुरमा जग्गा कारोवारले शिघ्र गति लिएको थियो त्यो बेला केएमसिका सञ्चालक संजिववाबु पंगेनीले जग्गामा उक्त रकम हालेको भए न संजिववाबु पंगेनी कोहलपुरमा हुन्थे न केएमसिले कोहलपुरमा ईतिहास नै रच्ने थिएन होला तर आफु समेत शिक्षा क्षेत्रमै योगदान गरेका अग्रजहरुको असिमित प्रेरणाले शिक्षा क्षेत्रलाई नै आफनो सेवा भाव हो भन्ने ठानी कोहलपुरमा कोहलपुर मोडेल कलेज खोल्न सफल भए संजिववाबु पंगेनी ।

६६ सालमा स्थापना भएको कोहलपुर मोडेल कलेजले आजका मिति सम्म आई पुग्दा ठुलो फड्को मार्न सफल भएको छ सबैको नजरमा पर्ने एक अब्बल कलेज हो बन्न सफल कोहलपुर मोडेल कलेजले आफना कलेजलाई मध्य सुदुरपश्चिम क्षेत्रमै टप अंक ल्याई बिद्यार्थीहरुको ब्यबस्थापन अध्यन गर्नुपर्ने मृग तृष्णा समेत पैदा गरेको पाईन्छ ।

राम्रो र गुणस्तरीय शिक्षा लिन चाहने बिद्यार्थीहरुका लागि अभिनव संस्था सावित हुदै गएको कोहलपुर मोडेल कलेजले स्थापना कालमा ३८ जना अर्थात सिमित बिद्यार्थीहरुबाट आफनो कलेज सञ्चालन गरेको भएपनि अहिले देशभर आफनो शैक्षिक श्रीबृद्धिलाई चिनाउन सफल भएको छ ।

त्रिभुवन विश्वबिद्यालयबाट सम्वन्धन प्राप्त गरि २०६६ देखि बिबिएस र आर्थिक बर्ष ०७४ ०७५ देखि बिआएम ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट, र एम बिएसका कक्षाहरु सञ्चालनमा ल्याएको यस कलेजले स्नातक अध्यण गर्न चहाने बिद्यार्थीहरुका लागि बिआएम, बिबिएस र एमबिएसका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजका प्रिन्सिपल संजिववाबु पंगेनी बताउछन ।

उच्च ब्यबस्थापन प्रख्यात शिक्षाविद तथा बिज्ञहरुको टिम स्प्रिडमा चलेको यस कलेजले कर्णाली,सुदुरपश्चिम र लुम्बिनी प्रदेश क्षेत्रका बिद्यार्थीहरुलाई बिभिन्न ईमर्जिन म्यानेजमेन्टका डिग्रिहरु प्रदान गरि ब्यबस्थापनको क्षेत्रमा आफुलाई अब्बल सावित गर्न चहान्छ । शिक्षण सिकाई, परियोजना कार्य, छलफल कक्षा प्रस्तुतिकरण, ईन्टर्नशिप र अनुशासन जस्ता गतिबिधिहरुलाई जोडदै आएको यस कलेजमा बिशिष्टिकृत तरीकाले शिक्षा प्रदान गरिने चिफ पंगेनिको भनाई रहेको छ ।

विद्यार्थीहरूलाई सहज पहुँच दिने यो कलेज वातावरणमैत्री एबं गैर नाफामुखी संस्था भएको केएमसिका सञ्चालकहरु बताउछन । निरन्तर योग्य उम्मेद्वारहरूको लागि राम्रो शैक्षिक र क्यारियर अवसरहरू समेत प्रदान गर्ने कोहलपुर मोडेल कलेज कोहलपुर सहरको प्रतिष्ठित कलेजका रुपमा आफुलाई उभ्याउन सफल भएको छ ।
यस कलेजले मध्यपश्चिम क्षेत्र र सुदूरपश्चिम क्षेत्रका विद्यार्थीहरूलाई बिबिएस, बिआएम एमबिएस जस्ता विभिन्न इमर्जिन म्यानेजमेन्ट डिग्रीहरू प्रदान गरी व्यवस्थापनको क्षेत्रमा अग्रणी संस्था बन्ने भिजन बोकेको छ भने कलेजले शिक्षण, सिकाइ र परियोजना कार्य, समूह छलफल, कक्षा प्रस्तुतीकरण, इन्टर्नशिप र अनुसन्धान गतिविधिहरूमा उत्कृष्टता मार्फत व्यवस्थापन शिक्षाको लागि उत्कृष्टता केन्द्रको रूपमा विकास गर्नु र व्यवस्थापनको लागि सक्षम जनशक्ति उत्पादन गरी राष्ट्रिय विकास प्रक्रियामा योगदान पुर्‍याउनुलाई आफनो मिशन बनाएको छ ।

राष्ट्रको समग्र शैक्षिक क्षमता अभिवृद्धि गर्न र विद्यार्थीहरूको इम्बेडेड क्षमतालाई प्रवर्द्धन गर्दै उच्च शिक्षाको गुणस्तरमा सुधार गरी स्वस्थ सम्मानजनक, परिणाममुखी र व्यवस्थित शैक्षिक वातावरण सृजना गरी कलेजलाई नेपालको एक प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा विकास गर्ने गरि कलेज अगाडि बढिरहेको कलेज ब्यबस्थापनले जनाएको छ । विद्यार्थीहरूको मानसिक, सांस्कृतिक र शारीरिक क्षमतालाई समृद्ध बनाउने र व्यवस्थापनको क्षेत्रमा सीप र गुणयुक्त जनशक्ति उपलब्ध गराउने यस कलेजले त्रिभुवन विश्वविद्यालय आबद्धरहि  व्यवस्थापन कार्यक्रमलाई संगसगै  जोडेर सञ्चालन गर्दै लैजाने कलेजका प्राध्यापक सरोज वावु पंगेनि बताउछन ।

 

 

Nabintech