२२ बैशाख २०८१, शनिबार
कोहलपुरमा खुल्ला फुटबल प्रतियोगिता शुरु

  • टाइम्स संवाददाता

  • ९ आश्विन २०८०, मंगलवार ०६:१६

कोहलपुर, बाँके: ‘स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कोहलपुर ४ मदनचोकमा सिर्जनशिल युवा क्लबको आयोजनामा खुल्ला फुटवल प्रतियोगिता सोमबारबाट शुरु भएको छ।

खेलकुद स्वास्थको लागि अति आवश्यक रहेको हुँदा बेला बेला हुने यस्ता कार्यक्रमहरुले खेलाडीहरुमा हौसला थप्ने बताउछन कार्यक्रममा प्रमुख अतिथी एवम् बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननिय सुर्य ढकाल । उनले खेलकुद क्षेत्रको बिकास र खेलाडिहरुको मनोबल उच्च बनाइरहन आफू सधै लागिपर्ने बताए।

सांसद सुर्य ढकालले खेलाडीहरुलाई बल हस्तान्तरण गरेपछी खेल उद्घाटन भए सङ्गैरेसिङ साहरा क्लब कोहलपुर र एच वाइ सि क्लब मदनचोक बिच प्रतिस्पर्धा भएको थियो। शुरुवाती खेलमा रेसिङ्ग साहारा क्लबलाई एचवाइसी क्लबले १ का विरुद्ध ३ गोल हानेर क्वाटर फाइनलमा प्रवेश गरेको कोहलपुरका युवा समाजसेवी मानश शाहिले जानकारी गराए।

मङ्गलबार बिहान सात बजे एम टाउन युवा क्लब मदनचोक र चन्द्र सुर्य युवा क्लब राझा बिच हुनेछ। खुल्ला फुटबल प्रतियोगितामा बाँके र बर्दिया जिल्लाका गरी १५ वटा समुहले सहभागिता जनाएका छन् भने प्रतियोगिता १३ गते सम्म संचालन हुनेछ ।
प्रतियोगिताका बिजेतालाई ५१ हजार ५ सय नगद सहित मेडल ट्रफी र प्रमाणपत्र र उपबिजेतालाई ३१ हजार ५सय नगद सहित मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।

कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा वडा नम्बर ४ का वडा अध्यक्ष मुवारक अलि गुजर , वडा नं. ३ का अध्यक्ष माधव रिजाल , युवा व्यवसायी तथा समाजसेवी सफि मोहम्मद गुजर, केशव शाही, निम थापा लगायतको उपस्थिति रहेको थियो।

Nabintech