६ जेष्ठ २०८१, आईतवार
शिक्षकको सेवा सुबिधा निजामति सरह हुनुपर्छ : संघिय सांसद ढकाल

भौतिक पुर्वाधार अन्तरगतका २० वटा परियोजनाहरु रातो कितावबाट कार्यान्यनको चरणमा


  • टाइम्स संवाददाता

  • ९ आश्विन २०८०, मंगलवार २०:१८

कोहलपुर,बाँके:  बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य प्रसाद ढकालले सम्पुर्ण शिक्षकहरुलाई एकै तरिकाले छनौट गरि नेपाल सरकारका निजामति कर्मचारी सरह सेवा सुविधा प्रदान गर्न राज्ले हात कमाउन नहुने जिकिर गरेका छन ।

देशका दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षकहरुलाई १४, १५ क्याटोगरीमा राखेर सरकारले शिक्षकलाई हेपाहा प्रबृती देखाउदै आएको भन्दै ढकालले शिक्षक छनौट गर्ने अधिकार निश्चित मापदण्ड अनुरुप एकरुपताका साथ शिक्षक सेवा आयोगलाई नै दिनुपर्ने आफनो प्रश्ट धारणा रहेको कुरा ब्यक्त गरे ।

उनले स्थानिय तह, जिल्ला , प्रदेश र संघले आफनो अनुकुलतामा शिक्षक छनौट गर्ने परिपाटिका कारण करार,राहत, शिक्षण सहजकर्ता, नगर अनुदान जस्ता उपाधि शिक्षकका अगाडि झुण्डयाईएकाले बेला बेला शिक्षकहरु बेला बेला आन्दोलित हुनुपरेको बताए । उनले शिक्षकको आन्दोलन अव कहिल्यै नगर्नुपर्ने गरि राज्यले उचित सम्बोधनका साथ ऐन ल्याउनुपर्ने र शिक्षकले समेत राज्यले न्युनतम मापदण्ड तोकेमा सो निशर्त मान्न तयार रहनुपर्नेमा जोड दिए ।

शिक्षा क्षेत्रलाई तहस नहस पार्न देशि विदेशि प्रतिक्रियाबादिहरु सल्वलाई रहेको जिकिर गर्दै ढकालले सचेत बुद्धिजिवी वर्गले बेलैमा नसोचे शिक्षा क्षेत्र भयाभह हुनेमा दुई मत नभएको कुरामा जोड दिए । नेपाल छिटै नै विकासशिल हुन्छ भन्ने जानेर पश्चिमाहरुले शिक्षा, संस्कृती, भुगोल लगाएतका क्षेत्रमा निरन्तर प्रहार गरिरहेको भन्दै समपुर्ण सचेत र देशभक्त नेपालीहरु अव एक कित्तामा उभिनै पर्ने समय आई सकेको कुरा बताए ।

आज कोहलपुरमा पत्रकारहरुसंग भेटघाट गर्दै संघिय सांसद ढकालले आफनो क्षेत्रमा परिकल्पना गरेका एक सय एकतिस परियोजना मध्य भौतिक पुर्वाधार अन्तरगतका २० वटा परियोजनाहरु रातो कितावबाट कार्यान्यनको चरणमा गई सकेको भन्दै परियोजना सम्पन्न नहुन्जेल सचेत नागरिकहरुले खवरदारी गरिरहनुपर्ने र ढिला सुस्ती, अनियमिताबारे चनाखो हुन समेत आफुले पत्रकारहरु मार्फत जन सर्वसाधारणलाई जानकारी गराउनु परेको बताए । उनले अन्य शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत क्षेत्रका परियोजनाका बिषयमा समेत यथाशिघ्र जनतामाझ ल्याई सुसोचित गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

हेर्नुहोस संघिय सांसद सुर्य प्रसाद ढकालले कल्पना गरेका परियोजनाहरु जो कार्यान्वयनको चरणमा रहेका छन ।

१ नरैनापुर २ हुलाकी राजमार्ग देखि रोसनापुर्वा ग्राभेल ५०,००,०००
२ राप्तीसोनारी ७ सोनपुर हेल्थपोष्ट हुँदै पिप्रहवा लालपुर कालोपत्रे, राप्तीसोनारी गापा ५०,००,०००
३ राप्तीसोनारी ७ सोनपुर हेल्थपोष्ट हुँदै पिप्रहवा लालपुर जोड्ने सडकको स्तरोन्नती ५०,००,०००
४ महेन्द्र राजमार्ग एपिएफ स्कूलदेखि पुष्पनगरचोक हुँदै लक्ष्मी मावि स्कुल सम्म दुवै तर्फ नाला सहित कालोपत्रे, कोहलपुर २= ६३ लाख
५ शक्तिनगर धामीको घर हुँदै आकारकोबाटो पक्की नाला र स्तरोन्नती, कल्भर्ट र इन्टरलग, कोहलपुर २ =८५,००,०००
६ विकासनगर, पूर्ण दलामीको घर हुँदै मुक्तिनगर रमेश वि.सी.को घर जोड्ने नालामा कल्भर्ट, कोहलपुर २= १,०५,००,०००
७ आनन्द चर्च विद्या स्कुल हुँदै बुद्धचोक सम्म कालोपत्रे, कोहलपुर ६= २,०५,००,०००
८ मेट्रो मार्ट देखि दक्षिण तर्फ नाली निर्माण सहित आरसिसि ढलान, कोहलपुर १०= १०,००,०००
९ आलीनगर स्कुलदेखि बनजडियासम्म सडक स्तरोन्नती, राप्तीसोनारी ५= ५०,००,०००
१० कमैया डाँडादेखि महिमानपुर चोमसम्म सडक स्तरोन्नती, राप्तीसोनारी ६= ५०,००,०००
११ कोहलपुर ५ डिल्लीराम पौडेलको घरदेखि पेन्सन क्याम्प हुँदै कोहलपुर ११ जोड्ने सडक स्तरोन्नती ३०,००,०००
१२ कोहलपुर नपा ६ शिवनगर हरिबहादुर थापाको घरदेखि पुर्व लिल बहादुर रानाको घर हुँदै रत्न राजमार्ग जोड्ने सडक स्तरोन्नती २६,००,०००
१३ लालपुर बिनौना चिलरीया जोड्ने प्रशासनीक लिंक रोड राप्तीसोनारी ७ देखि ५ = २०,००,०००
१४ पर्यटन बोर्डको पश्चिम देखि जनक उपाध्ययायको घरसम्म शालिकग्राम पौडेलको घरको पूर्व देखि लोक बहादुर बस्नेतको घरसम्म पक्की नाली सहित सडक स्तरोन्नती कोहलपुर ५ =२०,००,०००
१५ गौरी खोला पुल, काम्दी कञ्चनापुर म.रा.म सडक डि.आर. ०१= २१,००,००,०००
१६ रोहिणी नाला पूल चप्परगौडी रोहिणी नाला सिमरी सडक १,००,००,०००
१७ राप्तीसोनारी ९ अर्गानिक देखि तल्लो खैरेनी जोडने सडकपुल १,८६,००,०००
१८ डुडुवा गापा वडा नं. १ खडैचा पुरवा, डुडुवा खोलामा ट्रस ब्रीज अधुरो काम र रोसन पुरबन्दा ट्रस ब्रीज लक्ष्मणपुर नरैनापुर २ निर्माण ५५,००,०००
१९ फत्तेपुर सोनपुर हेपो गा.वि.स अफिस गडहवा पिप्रहवा गंगापुर मटेहिया हुलाकी सडक (५७डिआर००१०) ४०,००,०००
२० इदगाह देखि लालपुर बगौरा जोड्ने सडक, राप्तीसोनारी ७ ७५,००,०००
जम्मा ९ करोड २३ लाख
क्रमश ……………………………..

Nabintech