६ जेष्ठ २०८१, आईतवार
शिक्षण अस्पताल कोहलपुरका चिकित्सकहरु आन्दोलित

शिक्षकहरुलाई वार्तामा बोलाएर दिएको धोका जस्तो सहमती नर्गन समेत नेपाल चिकित्सक संघका नेतृत्वहरुलाई चेतावनी


  • टाइम्स संवाददाता

  • १० आश्विन २०८०, बुधबार १६:१३

कोहलपुर,बाँके: कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको मुख्यद्धारको रुपमा रहेको बाँके कोहलपुरमा रहेको यस क्षेत्रकै ठुलो अस्पताल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत चिकित्सकहरु आन्दोलित भएका छन ।

काठमाण्डौ, पोखरा धरान जस्ता मुख्य शहरहरु र देशका अन्य भुभागहरुमा रहेका शिक्षण संस्थामा कार्यरत चिकित्सकहरु अनाहकमा कुटाई खाईरहेको र सरकारले यस्ता गतिबिधिलाई अन्देखा गरेको भन्दै चिकित्सकहरुले आफनो पुर्ण सुरक्षाको ज्ञारेन्टिको माग राख्दै आन्दोलित भएका हुन । चिकित्सकहरुले दुख गरेर अध्यन सकि देश भित्रै रहेर सेवा गरौ भन्ने भावना बोकि विरामीहरुको ज्यान जोगाउने मानविय सेवामा लागेका चिकित्सकहरुलाई कुटपिट गरिनुले यो क्षेत्र नै असुरक्षित रहको भन्दै हान्दोलनमा उत्रिनु परेको वताएका छन ।

अस्पतालमा विरामीहरुलाई दिईने सेवालाई प्रभावित नपर्ने गरि आन्दोलित चिकित्सकहरुले बुधवार विहान शिक्षण अस्पताल कोहलपुरबाट रयालि निकाल्दै कोहलपुरका गोलपार्क, न्युरोड, एनटिभि चोक, एनटिभि प्रसारण केन्द्र हुदै शिक्षण अस्पतालको आवास क्षेत्र नजिक कोण सभा समेत गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै डा. देबेन्द्र आचार्यले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि बनेको पहिलो संसोधन ऐन अविलम्ब कार्यान्यन गर्न सरकारसंग माग गर्दै स्वास्थ्यकर्मीहरुको जिउधनको सुरक्षाको जिम्मा सरकारले लिनुपर्नेमा जोड दिएका छन ।

देश चलाउने प्रधानमन्त्रि र गृहमन्त्रि आफनो सिद्धान्तबाट समेत च्युत हुदै गएको प्रति दुख ब्यक्त गर्दै डा. आचार्यले स्वदेशमै दुखले अध्यन गरेर स्वदेशमै सेवा दिने सोच राखेका तमाम चिकित्सकहरुलाई राज्यले नै देश छोडन बाध्य परिरहेको प्रति चिन्ता ब्यक्त गरे ।

उनले राज्यले चिकित्सकहरुको माग सुन्नै नचाहेको उल्लेख गर्दै शिक्षकहरुलाई वार्तामा बोलाएर दिएको धोका जस्तो सहमती नर्गन समेत नेपाल चिकित्सक संघका नेतृत्वहरुलाई चेतावनी दिएका छन । शिक्षकहरु जस्तै देश भरीका चिकित्सकहरु विरामीको सेवा गर्न छोडेर आन्दोलनका लागि राजधानि जान परे देश ठप्प मात्र हैन अस्त ब्यस्त समेत हुने भन्दै उनले चिकित्सकहरुको आन्दोलनलाई कम्ता नआक्न सरोकारवालाहरुलाई सचेत गराए ।

दुर्गमका गाउमा न डक्टर छन न सिटामोल छ राज्यको दाषि चस्माले देख्न सकेको छैन भन्दै आचार्यले काठमाण्डौ, पोखरा, धरान लगाएत देशैभरी चिकित्सकमाथि कुटपिट हुदा समेत गृह प्रशासनले उचित कदम चाल्न नसक्नु निकै दुखद बिषय रहेको औंल्याए ।

डा. अनित अवालले सञ्चालन गरेको कोण सभामा विरामीहरुको सेवालाई प्रभावित नपर्ने गरि आज विहिवार ४ बजे सम्म अस्पताल प्रांगणमा धर्ना कार्यक्रम रहेको समेत आयोजकले जनाएको छ । धर्ना कार्यक्रममै चिकित्सकहरुले एक प्रेस बिज्ञप्ति समेत जारी गरेका छन । राज्यले आफना मागहरु सम्बोधन नगर्दा सम्म आन्दोलन जारी रहने उनीहरुको भनाई रहेको छ ।

यसैबिच चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा आक्रमण हुन थालेपछि बाँकेका डाक्टरहरु सामुहिक राजिनामा दिने तयारीमा पुगेका छन् । सरकारी तथा निजी अस्पतालका डाक्टरहरु भेला भएर सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआए भोलि सामुहिक राजिनामा दिएर आन्दोलनमा उत्रने निष्कर्षमा पुगेका छन् ।

भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल लगायतका अन्य निजी अस्पतालमा कार्यरत डाक्टरहरुको सामुहिक भेलाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा भइरहेको आक्रमणले सेवा दिन नसकिने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको भेलामा सहभागी भेरी अस्पतालका कन्सल्टेन्ट न्यूरो सर्जन डा.अञ्जन कार्कीले बताए ।

 

हेर्नुहोस बिज्ञप्ति

Nabintech