२१ बैशाख २०८१, शुक्रबार
डा. गैरे र अभिलाषि सम्मानित, जनहि २० हजार पाँच प्रदान

कोहलपुर साहित्यको उर्वर भुमी भएको जिकीर


  • टाइम्स संवाददाता

  • २० आश्विन २०८०, शनिबार १८:२८

कोहलपुर,बाँके: कोहलपुर रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार कोहलपुरमा साहित्यिक तथा सम्मन कार्यक्रम सम्पन्न भएको छ । प्राज्ञ महानन्द ढकाल बरिष्ठ साहित्यकर्मि शशीराम कार्की, हरि तिमिल्सिना, साहित्यकारहरू सृजन लम्साल, डा.जनार्दन आचार्य, किरण आचार्य, तिलक न्यौपाने, सागर गैरे, सुमित्रा न्यौपाने, खोपीराम वली, पुष्कर रिजाल, प्रकाश मरासिनी, ईश्वरी प्रसाद रिजाल, कल्पना खरेल, सन्तोषी विष्ट लगायत २०० बढी साहित्यानुरागीको उपस्थितिमा सम्पन्न कार्यक्रममा साहित्यकार डा.नारायण प्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषी सम्मानित भएका छन ।

कर्मयोगी बद्री विक्रम थापाको नाममा स्थापित कर्मयोगी बद्री विक्रम पूर्णिमा वाङ्मय पुरस्कार २०८० बाट डा.गैरे र कर्मयोगी बद्री विक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८० बाट कवि नवीन अभिलाषीलाई जनही नगद राशी रू विस हजार पाँच रुपैयाले सम्मानित गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एबं गोरखापत्रका पूर्व प्रधान सम्पादक तथा साहित्यकार श्री ओम श्रेष्ठ रोदनले पश्चिम क्षेत्र साहित्यप्रतिको लोभलाग्दो सक्रियताले आफुभित्र थप उर्जा पैदा भएको जिकीर गरे । उनले, कर्मयोगी बद्री विक्रम थापा जहा–जहाँ आफ्नो कार्यको सिलसिलामा रहनु भयो त्यही जिल्लामा साहित्य लगायतका सेवा सम्बन्धि काममा पुरस्कार स्थापना गर्दै आएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा प्राज्ञ सनत रेग्मीले सम्मानित स्रष्टालाई बधाई दिँदै साहित्यको उन्नयनमा प्रतिष्ठानले गर्दै आएको अभियानले आफ्नो युवावस्थाको जोश, सक्रियता सम्झाएको बताए । उनले, पश्चिम नेपालको साहित्यको केन्द्रका रूपमा कोहलपुरको साहित्य रहेको पनि दावि गरे ।

कार्यक्रममा डा.देवेन्द्र आचार्यले गजल, शान्ति अधिकारीले मुक्तक, बद्री ढकाल हिरामणिले हाइकू, चन्द्रावती अधिकारीले छन्द कविता, लक्ष्मण मानवले गद्य कविता, निरन्जना चन्द निरूले साइनो, शान्ति सुनारले गीत र निकिता बोहराले बाल कविता वाचन गरेका थिए ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्यकार खोपिराम वलिले गरेका थिए ।

 

 

 

Nabintech