५ जेष्ठ २०८१, शनिबार
पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हरायो

  • टाइम्स संवाददाता

  • २४ आश्विन २०८०, बुधबार ०६:३८

काठमाडौं : एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबारको खेलमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको छ। टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रन बनायो। तीन सय ४५ रनको विजय लक्ष्य पाकिस्तानले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

पाकिस्तानका लागि अब्दुल्लाह शफिकले एक सय १३, मोहम्मद रिजवानले अविजित एक सय ३१, इफ्तीखार अहमदले अविजित २२, शाउद सकलिले ३१ तथा इमाम उल हकले १२ रन बनाए। बलिङतर्फ श्रीलङ्काका लागि दिलशन मदुसन्काले दुई विकेट लिए।

यसअघि श्रीलङ्काका लागि ब्याटिङ गर्ने क्रममा कुशल मेन्डिस र सदिरा समराविक्रमाले शतकीय पारी खेले। मेन्डिसले सर्वाधिक एक सय २२ रनको योगदान दिए। उनले ७७ बल खेल्ने क्रममा १४ चौका र ६ छक्का प्रहार गरे।

त्यस्तै समराविक्रमाले एक सय आठ रन बनाए। उनले ७९ बल खेल्दै ११ चौका र २ छक्का हाने । यस्तै पठुम निसान्काले ६१ बलमा ५१ रन जोडे। उनले यस क्रममा सात चौका र एक छक्का हाने। धनञ्जय डी सिल्भाले ३४ बलमा चार चौकासहित २५, कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए।

बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले एक एक विकट लिए। जारी विश्वकपमा श्रीलङ्काको लगातार दोस्रो हार हो भने पाकिस्तानकाले दोस्रो जित।

Nabintech