५ जेष्ठ २०८१, शनिबार
नेपालले टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेल यूएईसँग खेल्ने

  • टाइम्स संवाददाता

  • २५ आश्विन २०८०, बिहीबार ०७:०७

काठमाडौं : अर्को महिना हुने टी-ट्वेन्टी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले युएईसँग खेल्ने भएको छ।  आयोजक नेपाल क्रिकेट संघ क्यानले आज त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक गरेको हो।

जसमा नेपालले कार्तिक १ गते हुने पहिलो खेलमा युएईसँग खेल्ने भएको हो। मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे हुनेछ।

टी-ट्वेन्टी विश्वकप छनोट अघि अभ्यास खेलका रुपमा क्यानले नेपाल, युएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको हो। २ गते हुने दोस्रो खेलमा नेपालले हङकङ, ४ गते फेरी हङकङ र ६ गते युएईको सामना गर्नेछ।

डबल राउण्ड राबिन लिगका आधारमा सञ्चालन हुने सिरिजको शीर्ष २ टोलीबीच १० गते त्रिवि क्रिकेट मैदानमा फाइनल हुनेछ।  सिरिजमा लिग चरणका सबै खेल मुलपानी र फाइनल त्रिवि मैदानमा हुनेछ।

Nabintech