काठमाडौँ : आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गतको भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल आज हुँदैछ । आयोजक भारत र पाकिस्तानबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ ।

जारी विश्वकपमा भारत र पाकिस्तानले खेलेका अघिल्ला दुवै खेलमा जित हात पारेका छन् र दुवैले सो जितलाई निरन्तरता दिन चाहन्छन् ।तर विगत हेर्दा एकदिवसीय विश्वकपमा पाकिस्तानले भारतविरुद्ध सातपटक खेल्दा सातवटै खेलमा पराजय भोगेको छ ।

त्यसैले पाकिस्तानले यसपटक भारतलाई उसैको घरेलु मैदानमा पराजित गरेर विगतमा भोगेको पराजयको श्रीखलामाथि विश्राम लगाउन चाहन्छ । यता एसिया कपमा पाकिस्तानलाई पराजित गरेको भारत विश्वकपमा पनि विगत झै पाकिस्तानमाथि हावी हुने अपेक्षा सहित मैदानमा उत्रने दाउँमा हुनेछ ।