२६ बैशाख २०८१, बुधबार
नेपाल र यूएई भिड्दै

  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०८०, सोमबार ०७:४३

काठमाडौं :  त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ।

जारी सिरिजमा अपराजित नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ। नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो भने हङकङलाई क्रमशः ६ विकेट र ७९ रनले पराजित गरेको थियो।

मोहम्मद वासिमको कप्तानीमा रहेको यूएई पनि जितसहित एक खेल अगावै फाइनलको यात्रा तय गर्न चाहन्छ। यदि नेपालले यूएईलाई पराजित गरे हङकङ र यूएई बीचको अन्तिम खेलबाट फाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्ने छ। यूएईले हिजो हङकङलाई ६ विकेटले पराजित गरेको थियो।

टी-ट्वान्टी विश्वकप २०२४ को छनोट प्रवल दावेदार दुवै टोलीले यस सिरिजलाई एसिया क्षेत्र छनोटअघिको अन्तिम तयारीको रुपमा लिएका छन्।

Nabintech