४ जेष्ठ २०८१, शुक्रबार
मुख्य मन्त्रि कोहलपुर गोल्ड कप कार्तिक १५ देखि प्रथम हुनेले पाउनेछन ८ लाख

खेल अवधिभर ७६ लाख ६ हजार खर्च हुने क्लवको अनुमान


  • टाइम्स संवाददाता

  • १२ कार्तिक २०८०, आईतवार १७:०६

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा कार्तिक १५ गतेदेखि मुख्य मन्त्रि कोहलपुर गोल्ड कपको आयोजना हुने भएको छ । रेसिङ्ग सहारा कलव कोहलपुरको आयोजनामा हुने कोहलपुर गोल्ड कप कार्तिक २२ गते सम्म कोहलपुरको १३ विगाह खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

जम्मा आठ टिमले सहभागिता जनाउने फुटवल खेलमा कोहलपुर रेसिङ्ग सहारा क्लव बाँके, चर्च ब्वाईज युनाईटेड काठमाण्डौ, गोखा ब्वाईज स्र्पोट्स क्लव बुटवल, सुदुरपश्चिम ११ स्र्पोट्स क्लव धनगढि, त्रिभुवन आर्मि क्लव काठमाण्डौ, बि.एफ.सि.चितवल क्लव चितवन, एभिनियर एफ.सि. क्यामरुम र दधौली स्र्पोट्स क्लव सिन्धुलीले सहभागिता जनाउने छन ।

१५ गते हुने उदघाटन खेल रेसिङ्ग सहारा कलव कोहलपुर र चर्च ब्वाईज स्र्पोट्स क्लव काठमाण्डौ बिच हुनेछ भने खेलको उदघाटन लुम्विनी प्रदेशका मुख्य मन्त्रि डिल्लि बहादुर चौधरीले गर्ने कार्यक्रम रहेको रेसिङ्ग सहारा कलव कोहलपुरका अध्यक्ष चक्र चिमाला क्षेत्रिले बताए ।

नक आउटका आधारमा खेलिने खेलमा सर्वोउत्कृष्ट हुने टिमले आठ लाख रुपैया र मेडल पाउने छन भने उपबिजेताले ४ लाख नगद सहित मेडल पाउनेछन । उत्कृष्ट खेलाडिलाई भने स्कुटर प्रदान गरिने आयोजकले आज पत्रकार सम्मेलन गर्दै बताएका छन ।

मुख्य प्रायोजक नेपाल टेलिकम दुरसञ्चार कार्यालय रहेको उक्त गोल्ड कपको संरक्षक कोहलपुर नगरपालिका रहेको छ । अघिल्लो बर्षको टुनामेन्टलाई मध्यनजर गर्दै यस बर्षको ब्यबस्थापनलाई चुस्तदुरुस्त पार्दै प्याराफिट निर्माण गरि दर्शकहरुलाई टिकट वितरण गरि खेल हेर्न पाउने ब्यबस्था गरिएको कलवका सचिव नवकिरण शाहले बताए । उनका अनुसार २५०० देखि ३ हजार जनाले प्याराफिटमा बसेर हेर्न सक्नेछन जस्को टिकटदर १०० रुपैया तोकिएको छ भने नन प्याराफिटका लागि रु ५० रुपैया टिकट दर तोकिएको छ ।

खेल मैदानलाई चारैतिरबाट घेरावार गरि कुनैपनि अप्रिय घटना नहोस भन्ने हेतुका साथ आयोजना गरिने खेलमा नेपाल प्रहरी र नगर प्रहरीले सुरक्षाको ब्यबस्था गर्ने बताईएको छ । यसैगरि खेललाई मर्यादित र अनुशासित बनाउन क्लवका सदस्यहरुलाई स्वयमसेवकका रुपमा परिचालन गरिने सचिव शाहको दावि छ ।

करिव ७६ लाख ६ हजार खर्च अनुमानित गरिएको दास्रो पटक आयोजना हुन लागेको कोहलपुर गोल्ड कपमा कोहलपुर नगरपालिकाले २० लाख सहयोग गर्ने भएको छ भने मुख्य मन्त्रिको कार्यालयबाट भने निकासा हुने रकम तोकिनसकिएको तर स्थानिय सरकारले दिने भन्दा अधिक हुने क्लवले विश्वास ब्यक्त गरेको छ ।

यसैगरि क्लवलाई कोहलपुर क्षेत्रका बिभिन्न ब्यक्ति, संघ, संस्थाहरुको पनि सहयोग आईरहेको बताउदै अध्यक्ष क्षेत्रिले लुम्विनी ईन्टरप्राईजेजका प्रोप्राईटर लक्ष्मण पाण्डेले ५० हजार एक सय एघार एसएच फर्निचरका प्रोप्राईटर तुलाराज पाण्डेले १० हजार श्रेष्ठ कटपिसका प्रोप्राईटर दुर्गा श्रेष्ठ ले १५ हजार, त्रिलोक धितालले २५ हजार,एटुजेट स्विट्स कर्णरले १० हजार र पुजन जनरल स्टोर तथा कोहलपुरका बिभिन्न मेडिकलहरुबाट नगद सहयोग प्राप्त भईरहेको र सहयोग आउने क्रम जारी रहेको क्लवलका सचिव नवकिरण शाहले कोहलपुर टाईम्सलाई बताए ।

Nabintech