२६ बैशाख २०८१, बुधबार
दुई कुशलको विष्फोटक ब्याटिङले नेपालको सानदार जित

  • टाइम्स संवाददाता

  • १४ कार्तिक २०८०, मंगलवार १६:२४

काठमाडौं : आईसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा ब्याट्सम्यान कुशल मल्ल र कुशल भुर्तेलको विष्फोटक ब्याटिङका कारण नेपालले सानदार जीत हात पारेको छ। नेपालले मलेसियाविरुद्ध ६ विकेटको जित हात पारेको हो।  मलेसियाले नेपालसामू जितका लागि १ सय ६६ रनको चुनौती पछ्याउने क्रममा ३४ बलमा मल्लले सात वटा छक्का र दुई चौकाको मद्धतमा ६५  रन बनाए भने भुर्तेलले ४३ रन बनाएका थिए।

सोमबार सिंगापुरविरुद्ध उनले एक बलमा छक्का हान्दै खेल सकेका थिए। भुर्तेलले २५ बलमा चार चौका र चार छक्का प्रहार गरे। भुर्तेलले सोमबार सर्वाधिक ७४ रन बनाएका थिए।  सिंगापुरविरुद्ध उनले ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए।

यस्तै आशिफ सेख ३२ रन बनाएर आएट भए। उनले २३ बलमा ३२ रन आउट भएका हुन्। उनले एक चौका र दुई छक्का हाने। कप्तान रोहित पौडेल ८ बलमा दुई रन बनाएर आउट भए। सन्दीप जोरा १६ बलमा १८ र विवेक यादवले दुई बलमा २ रन अविजित रहे।

त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर पहिला ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै  १ सय ६५ रन बनाएको हो।  आक्रामक सुरुवात गरेको मलेसियाले पाँच ओभरमा बिना क्षति ५४ रन बनाएको थियो। छैटौं ओभरमा मलेसियाको पहिलो विकेट खसेको थियो।  त्यसपछि मलेसियाको आक्रामक ब्याटिङमा नेपालले नियन्त्रण गरेको थियो।

Nabintech