२३ बैशाख २०८१, आईतवार
चर्च ब्वाइज फाइनलमा प्रवेश,

आजको खेल त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र वि.एफ.सी चितवन क्लबबिच


  • टाइम्स संवाददाता

  • १८ कार्तिक २०८०, शनिबार ०६:०६

कोहलपुर: चर्च व्वाइज यूनाइटेड क्लब मुख्यमन्त्री कोहलपुर गोल्ड कपको फाइनलमा खेलमा प्रवेश गरेको छ ।  तेस्रो दिन भएको पहिलो सेमिफाइनल खेलमा गोर्खा व्वाइज स्पोर्ट्स क्लबलाई ३-० गोलको अन्तरले गोर्खा ब्वाइज स्पोर्ट क्लबलाई  हराउँदै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।

चर्च व्वाईज यूनाईटेडका खेलाडी सुशान श्रेष्ठ (३६ मिनेट), विशाल बस्नेत (४७ मिनेट) र आरुज सिंह (७६ मिनेट) मा गोल गरेका थिए । चर्च व्वाईज क्लबका खेलाडी विशाल बस्नेतले म्यान अफद म्याज धोषित भएका थिए भने उहाँलाई नगद रु ५ हजार रकम उपलब्ध गराइएको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए । खेल मैदान प्रबेशका लागी प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।

आजको खेल त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र वि.एफ.सी चितवन क्लबबिच दिउँसो ३ः०० बजे हुने कोहलपुर रेसिङ्ग सहारा क्लबका सचिव नवकिरण शाहले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख र दोस्रो हुनेलाई चार लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

कार्तिक २२ गतेसम्म चल्ने प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सी.सहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी चितवन क्लब चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।

Nabintech