२३ बैशाख २०८१, आईतवार
कोहलपुर मुख्य मन्त्रि गोल्ड कप : आजको खेल एभिनियर एफ. सी. क्यामरुन र दुधौली स्पोर्ट क्लब विच

  • टाइम्स संवाददाता

  • १९ कार्तिक २०८०, आईतवार १०:५७

कोहलपुर,बाँके :बाँकेको कोहलपुरमा सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज आइतबार एभिनियर एफ. सी. क्यामरुन र दुधौली स्पोर्ट क्लब भिड्ने भएका छन् ।

कोहलपुर रेसिङ सहारा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको खेल दिउँसो ठिक ३ बजेबाट सुरु हुने आयोजक संस्थाका अध्यक्ष चक्र चिमाल क्षेत्रीले जानकारी दिए । कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र विघा मैदानमा उक्त प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार खेल उद्घाटन गरेका थिए।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन भएको प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विदेशी, विभागीय क्लबसहित ८ वटा क्लब सहभागी छन्। प्रतियोगिताका विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिए ।

हिज भएको खेलमा त्रिभुवन आर्मी क्लब मुख्यमन्त्री कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गरेको छ ।चौथो दिन भएको दोस्रो  खेलमा वि.एफ.सी. चितवनलाई ३- १ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब सेमि फाइनलमा प्रवेश गरेको हो । सेमि फाइनलमा पुगेसँगै आर्मीले चर्च ब्वाइज युनाइटेडसंगको उपाधि भिडन्त पक्का गरेको छ ।

 

 

Nabintech