३० बैशाख २०८१, आईतवार
तक्षशिलाद्धारा विद्यालयका शिक्षकहरुलाई बहुआयामिक तालिम प्रदान

  • टाइम्स संवाददाता

  • १९ कार्तिक २०८०, आईतवार १६:४७

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमीले विद्यालयमा भएको विदाको सदुपयोग गर्दै आफना शिक्षक कर्मचारीहरुलाई बिभिन्न बिधामा बहुआयामिक तालिम प्रदान गरेको छ ।मंशिर ४ गते वाट खुल्ने विद्यालयमा नयाँ प्रबिधि अपनाएर अध्यापन गर्ने उद्धेश्यका साथ उक्त तालिम आयोजना गरि सम्पन्न गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक पुरषोत्तम शर्माले जनाए ।

विद्यालयकै आफनै श्रोत साधनको प्रयोगमा बिज्ञ प्रशिक्षकहरुद्धारा दिईएको ४ दिन सम्मको तालिममा विद्यालयका ३२ जना शिक्षक कर्मचारीहरुको सहभागिता रहेको विद्यालयले जनाएको छ । आईटि स्र्माट बोर्ड, करिकुलम, क्लास रुम म्यानेज्मेन्ट र आईसिटि ग्यामिफिकेशन ईन प्याडागोजी लगाएत बिषयमा प्रदान गरिएको तालिमबाट शिक्षकहरुले नयाँ तथा रचनात्मक तरिकाले वाल वालिकाहरुलाई अध्यापन गराउन सक्ने विश्वास विद्यालयका अध्यक्ष बिष्णु प्रसाद वेल्वासेले बताए ।

तालिमका बिषय बिज्ञहरु प्रमोद सुबेदीले आईसिटि ग्यामिफिकेशन ईन प्याडागोजी, आईटि इन्जिनियर मुकेश भण्डारीले आईटि स्र्माट वोर्ड, ऋषि शर्माले करिकुलम र कर्णाली प्रदेश योजना आयोगका सदस्य जित बहादुर शाहले क्लास रुम म्यानेजमेन्टका बिषयमा शिक्षक कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।

Nabintech