२३ बैशाख २०८१, आईतवार
प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा तक्षशिलाका छात्र दास्रो स्थानमा

  • टाइम्स संवाददाता

  • २१ कार्तिक २०८०, मंगलवार ११:२४

कोहलपुर,बाँके: प्रथम लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा तक्षशिला एकेडेमी कोहलपुरले दास्रो स्थान हासिल गर्न सफल भएको छ । दाङको तुलसिपुरमा आयोजना गरिएको प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा कोहलपुर गोर्खा युनाईटेड तेक्वान्दो समुहको नेतृत्व गर्दै गएका तक्षशिलाका कुवेर शर्मा र राज कमल शर्माले द्धितिय स्थान प्राप्त गर्न सफल भएका हुन ।

तक्षशिला एकेडेमीमा कक्षा ३ मा अध्यनरत कुवेर शर्मा २५ के.जि. उमेर समुहबाट द्धितिय भएका हुन भने सोहि बिद्यालयमा कक्षा ७ मा अध्यनरत राज कमल शर्मा ३३ के.जिउमेर समुहबाट द्धितिय भएको जिल्ला तेक्वान्दो संघ बाँकेका अध्यक्ष प्रकाश लामिछानेले कोहलपुर टाईम्सलाई वताए ।

पढाईका अलावा वालवालिकाहरुलाई प्रयोगात्मक अभ्यासका साथै अतिरिक्त क्रियाकलापमा समेत सहभागि गराउदै आएको तक्षशिलाले यो सफलता प्राप्त गरेको हो । लुम्बिनी प्रदेश भरिबाट ८ सय ६५ खेलाडिको सहभागिता रहेकोमा बाँकेबाट भने २ सय ७५ खेलाडिले सहभागिता जनाएका थिए । कडा प्रतिस्पर्धामा पनि बाँके कोहलपुरका २ जना तक्षशिला एकेडेमीका खेलाडिले उत्कृष्ट प्रस्तुती पेश गरेको प्रति जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले खुशि ब्यक्त गरेका छन ।

 

 

Nabintech