२१ बैशाख २०८१, शुक्रबार
जाजकाेट पुनर्निर्माणमा खटिरहेका छन् एमालेका एक हजार स्वयंसेवक

  • टाइम्स संवाददाता

  • ७ मंसिर २०८०, बिहीबार १८:२२

जाजरकोट:जाजरकोट भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेकपा एमालेका एक हजार स्वयंसेवक खटिइरहेका छन् ।  उनीहरुले खुल्ला आकाश मुनि बसेकाहरुकाे अस्थायी बसाेवासका लागि टहरा निर्माण,क्षत विक्षत घरकाे सफाई,अवरूद्ध बाटो पन्छाउन,शौचालय बनाउन,राहत वितरणकाे काम गरिरहेका छन् ।

एमालेले एक करोड बराबरको श्रमदान हुने गरी एक हजार स्वयम्सेवक परिचालन गरेकाे हाे । अनेरास्ववियुका महासचिव नरेश राेकायाले युवा विद्यार्थीहरुलाई अझै बाक्लो रुपमा उपस्थित हुन आह्वान गर्नुभयो ।

एमालेका २३ वटा जनसंगठनबाट ४ सय, प्रदेश सम्पर्क कमिटीबाट एक सय, लुम्बिनी प्रदेशबाट २५०, कर्णाली १५०, कोशी र मधेश प्रदेशबाट २५/२५, गण्डकी, बाग्मती र सुदूरपश्चिम प्रदेशबाट ५०/५० र उपत्यका प्रदेशबाट २५ जना गरी एक हजार स्वयंसेवक परिचालन गरिरहेकाे छ ।

एमालेले एक गतेबाट भूकम्प प्रभावित जाजरकाेटमा आफ्ना स्वयंसेवक खटाएकाे हाे । अहिलेसम्म एमालेले ५० वटा भन्दा बढी अस्थायी टहरा बनाइसकेकाे एमालेले जनाएकाे छ ।

Nabintech