२२ बैशाख २०८१, शनिबार
अबरुद्ध नेपालगञ्जको सडक खुल्यो

  • टाइम्स संवाददाता

  • ११ मंसिर २०८०, सोमबार १६:५५

नेपालगन्ज:चालकलाई कारबाही र उचित क्षतिपूर्ति माग गर्दै नेपालगन्जको धम्बोझी चोकमा मृतकका परिवार तथा आफन्तले सडक अवरुद्ध गरेकोमा उक्त अबरुद्ध सडक खुलेको बाँके प्रहरीले जनाएको छ । ट्यांकरले ठक्कर दिँदा आइतबार बेलुकी १७ वर्षीया बालिका सालिनी पाठकको घटनास्थलमै मृत्यु भएको थियो। आक्रोशित आफन्तले केहिबेर धम्बोझि नजिक सडक अबरुद्ध गर्दै प्रर्दशन गरेका थिए ।

धम्बोझी चोकमा बेलुकी ६ बजेतिर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का दिलिपकुमार पाठकले चलाएको भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ना ३ ख ८८५२ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार बालिकाको घटनास्थलमै मृत्यु भएको थियो। ठक्करबाट बालिकाका बुवा पाठक घाइते भएका छन्। उनको अहिले उपचार भइरहेको छ।

चालकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति माग गर्दै उनीहरुले स्थानीय धम्बोझी चोकमा टायर बालेर सडक अवरुद्ध गरेको र प्रहरीले सडक खुलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

Nabintech