१८ बैशाख २०८१, मंगलवार
मेटिएका जेब्रा क्रसमा कलर लगाउदै कोहलपुर जेसिज

  • बिकल भट्टराई

  • १२ मंसिर २०८०, मंगलवार १७:२३

कोहलपुर,बाँके:जेसिज सप्ताहका अवसरमा कोहलपुर जेसिज २०२३ ले बिभिन्न रचनात्मक कार्यक्रमका साथ जेसिज सप्ताह मनाईरहेको छ । सप्ताहको आज चौथो दिन कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको ट्राफिक बिट वरीपरि ट्राफिक नियमको मुख्य पाटो जेब्रा क्रसलाई साईनिङ गर्ने कार्य सम्पन्न गरेको छ ।

जिल्ला ट्राफिक प्रमुख गोपिकृष्ण सुवेदी, प्रहरी सहायक निरीक्षक मदन सिंह मातर, कोहलपुर नगर प्रहरी प्रमुख वीर वहादुर थापा, कोहलपुर जेसिज २०२३ का अध्यक्ष धुर्बराज आचार्य, जेसिजका अन्य पदाधिकारी, कोहलपुर नगरपालिका वडा नं. १० का वडा सदस्य श्यामलाल थारु,बिसि हेल्थ केयर कोहलपुरका सञ्चालक धुर्बराज बुढाथोकि र प्रहरी बिट १ नम्बर हाईस्कुलका प्रहरीहरुको उपस्थिती तथा सहजिकरणमा मेटिएको जेब्रा क्रसलाई सेतो रंग पोतेर तयार पारिएको हो ।

कोहलपुर जेसिजको सहयोगमा नेपाल प्रहरी, नगर प्रहरी र जेसिजका पदाधिकारीहरुले कामलाई सहजिकरण गर्दै करिव ३२०० बालबालिका अध्यनरत त्रिभुवन माध्यामिक बिद्यालय नजिक गरिएको यो कार्यले दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिईएको छ ।
हाईस्कुल स्थित त्रिभुवन माध्यामिक बिद्यालयमा अध्यनरत वालवालिका एबं त्यस आसपासमा रहेका बिद्यालय कलेज एबं बटुवाहरुलाई दुर्घटना न्युनिकरणमा टेवा पुगोस भन्ने हेतुले ट्राफिक सचेतनाहरु हुँदै गरेको यस ठाउमा यस अघि पनि बिभिन्न ट्राफिक सचेतनाका कार्यक्रमहरु हुदै आएका थिए ।

जेसिज सप्ताहकै अवसरमा कोहलपुर जेसिजले भोलि पाँचौं दिन डाईनामिक कलेज नजिक, साझा चोक चप्परगौंरी तथा बजारका अन्य ब्यस्त सडकमा समेत जेब्रा क्रस निर्माण कार्यलाई निरन्तरता दिईने कोहलपुर जेसिजका अध्यक्ष धुर्बराज आचार्यले जनाएका छन ।

Nabintech