५ जेष्ठ २०८१, शनिबार
निर्माणाधिन चप्परगौंरी घुईयाबारि सडक खण्डमा निकुञ्जको अवरोध

सडक निर्माण सहजिकरणका लागि वीरेन्द्र कुमार शाहको संयोजकत्वमा एक सहजिकरण समिती गठन


  • टाइम्स संवाददाता

  • २१ मंसिर २०८०, बिहीबार १९:१६

कोहलपुर,बाँके:  बाँके राष्ट्रिय निकुञ्ज हुदै कोहलपुरको चप्परगौंरीबाट सल्यानाको घुईयावारि जोडने सडक खण्ड अन्तरगत चप्परगौंरी खडकवार थारु गाउ सम्ममा पर्ने सडक विस्तारका क्रममा बाँके राष्ट्रिय निकुञ्जले अवरोध गरेपछि उक्त सडक खण्डको कामले तिब्रता लिन सकेको छैन ।

खडकवार थारु गाउँ सम्म चार टुक्रे ठेक्का परेर काम शुरुवात गर्ने चरणमा बाँके राष्ट्रिय निकुञ्जले आफनो निर्देशिकामा भएको प्रावधानलाई समेत लत्याउदै सडक निर्माणमा अवरोध गरेपछि यतिबेला कोहलपुर वडा नं. १२ र १३ का स्थानियवासिहरु आक्रोशित भएका छन । ८०, ९० बर्षदेखि मानव वस्ति रहेको यस क्षेत्रमा २०६७ सालमा आएको बाँके राष्ट्रिय निकुञ्जले मानवमैत्रि कार्य गर्नुको साटो मानव विकासका सुचांकहरुमा समेत धावा बोल्न थालेपछि आक्रोशित स्थानियहरुले बरु आफुहरुको वडावाट निकुञ्ज नै बहिस्कार गर्ने गरि बिभिन्न आन्दोलनका कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिएका छन ।

कोहलपुरको चप्परगौंरीमा आज विहिवार भएको सर्वपक्षिय, सर्वदलिए भेलामा बोल्ने अधिकाशं बक्ताहरुले बहुबर्षिय योजनाको शुरुवाति चरणमै विकास विरोधि काम गर्न निकुञ्ज लागि परेको समेत उनीहरुको आरोप रहेको छ । पहिलो चरणमा खडकवारको थारु गाउँ सम्म साढे आठ करोडको सडक निर्माण योजना परेको र उक्त योजनाको ठेक्का प्रक्रिया सम्पन्न भई कामको समेत बाँडफाँट गरिसकिएको छ ।

लुम्विनी प्रदेशका पुर्व बन तथा वातावरण मन्त्रि दुर्गा प्रसाद चौधरीले नेपालका कानुनहरु एक आपसमा बाझिने गरि निर्माण भएकै कारण जनताहरुले जल जंगल र जमिनको स्वामित्व प्राप्तीका लागि दुख भोग्नु परेको बताउदै कोहलपुर चपरगौरी खड्कवार घुइयाबारि सल्यान जोड्ने अन्तर प्रदेशिय सडक निर्माणमा भएको अवरोधका बिषयमा प्रदेश सभामा समेत आफुले आवाज उठाउने उल्लेख गरे ।

लुम्बिनी प्रदेश कै अर्का सांसद सञ्जु कुमारी थारुले निकुञ्जले स्थानिय जनतालाई फाईदा पुग्ने गरि काम गर्नुपर्ने भन्दै स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारका योजनाहरुमा अबरोध गर्न नहुनेमा जोड दिईन । समस्या के के बिषयमा छन ती बिषयमा संवादका माध्यमबाट समाधान गरौं नियम कानुनले बाधा गरिरहेको छ भने त्यस्को समाधानमा लागौं तर विकास नरोकौं उनको थप भनाई रहेको छ ।

पुर्वाधार निर्माणमा बाँके राष्ट्रिय निकुञ्ज बाधक भएको भन्दै चप्परगौडी–खड्कवारका स्थानियहरुलाई सम्बोधन गर्दै कोहलपुर वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले निकुञ्ज मात्र चाहिने भए राज्यले यस क्षेत्रका जनताको सम्पुर्ण जिम्मा र ब्यबस्थापन गरिनुपर्ने भन्दै हैन त्यो सक्दैन भने जनताको विकासलाई निर्बाधरुपमा सञ्चालन हुन दिनुपर्नेमा जोड दिए ।

उनले विकास निर्माण गर्दा बाटो, नाला र पुल पुलेसा निर्माणका क्रममा कसैले पनि बखेडा झिकेर विकास निर्माणलाई अवरोध नर्गन समेत अनुरोध गरे ।

कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष डम्मर खडकाले निकुञ्जबाट आएका बाघले जनताका पशु चौपायाहरु दिनरात शिकार गरिरहेको भन्दै जताबाट पनि जनता प्रताडित पार्ने काम कसैवाट हुन नपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. १ का क्षेत्रिय संयोजक बलराम भट्टराई, नेकपा एकिकृत समाजवादि जिल्ला सचिवालय सदस्य नारायणी वलि, नेका वडा १२ का सभापति तेजराज शर्मा,नेकपा माओबादिका नगर सल्लाहकार चन्द्र कान्त, राजमोका नगर सल्लाहकार जोग प्रसाद भण्डारी,राप्रपाका जिल्ला सदस्य चक्र बहादुर केसि, नेका प्रदेश सदस्य दुर्गा प्रसाद उपाध्यय बिभिन्न वन समुहका पदाधिकारी, स्थानिय राजनैतिक दलका प्रतिनिधि तथा सर्वसाधारणहरुको बाक्लो उपस्थित कार्यक्रममा हरेक अवरोधलाई छिचोल्न अव एक घर एक मानव सडकमा निस्किन ढिला नगर्नेमा जोड दिएका थिए ।

आजको सर्वदलिय सर्वपक्षिय भेलाले सडक निर्माण सहजिकरणका लागि वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको संयोजकत्वमा २५ सदस्य रहेको एक सहजिकरण समिती समेत बनाएको छ ।

Nabintech