४ जेष्ठ २०८१, शुक्रबार
नेपालगन्ज मेयरकप साइकल दौड प्रतियोगिताको उपाधि थापा र चौधरीलाई

  • टाइम्स संवाददाता

  • २२ मंसिर २०८०, शुक्रबार १६:२४

नेपालगन्ज: नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगिताको उपाधि पुरुष तर्फ बुटवलका प्रकाश थापा र महिला तर्फ बाँकेकी रुपा चौधरीले मेयरकप साइकल दौड प्रतियोगिताको उपाधि पुरुष तर्फ बुटवलका प्रकाश थापा र महिला तर्फ बाँकेकी रुपा चौधरीले हात पारेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा आयोजित एमटीबी पुरुषतर्फ १३ जना सहभागी प्रतियोगितामा काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो, उदयपुरका निमा शेर्पा तृतीय भए । ६ जना सहभागी एमटीबी महिलातर्फ नेपालगन्जकी एसी श्रेष्ठ दोस्रो र बैजनाथकी रिमा थारु तृतीय भइन् ।

त्यस्तै साधारण साइकलतर्फ ८० जना सहभागी भएकोमा राप्ती सोनारीका जुगलाल थारु प्रथम ,राप्ती सोनारीकै रमेशकुमार थारु दोस्रो र डुडुवाका विनोद कुमार यादव तृतीय भए । साधारण साइकल महिलातर्फ बर्दियाकी इन्दिरा थारु प्रथम, राप्ती सोनारीकी मिना कुमारी थारु दोस्रो र राप्ती सोनारीकै समिता थारु तृतीय भए । एमटीबी स्पेसलतर्फको विशेष दौडमा नेपालगन्जका लक्ष्मीनारायण शाह प्रथम , राजिव विक्रम शाह दोस्रो र डाक्टर बद्री चापागाईं तृतीय भए ।

विजयी सहभागीहरुलाई नगद तथा बिशेष पुरुस्कार साथै मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । समापन समारोहमा बोल्दै आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने प्रहरी प्रशासन, स्वयंसेवक र सहकार्य गर्ने सस्थाहरुलाई धन्यवाद ज्ञापन गरे । उनले प्रतियोगिता आयोजनाले नेपालगन्जमा साइकल खेल प्रतिको आकर्षण बढ्नुका साथै साइकल खेलाडी उत्पादनमा टेवा पुगेको र आगामी प्रतियोगिता अझै उत्कृष्ट रूपमा आयोजना गरिने बताए ।

Nabintech