६ आश्विन २०८३, मंगलवार
नेपालगन्जमा एक बृद्धको शव फेला

  • टाइम्स संवाददाता

  • २८ मंसिर २०८०, बिहीबार १६:५२

नेपालगन्ज: नेपालगन्जमा तलाउमा डुबेको अवस्थामा एक बृद्धको शव भेटिएको छ । पुस्पलाल चोकस्थित प्रहरी गुल्म गण नजिकै रहेको तलाउमा डुबिरहेको अवस्थामा सल्यानका ६५ वर्षिय तेज बहादुर कामीको शव भेटिएको हो ।

सल्यानबाट भारततर्फ जाने क्रममा नेपालगन्जमा पुगी मंसिर २४ गतेदेखि सम्पर्कबिहिन भएका कामीको शव बिहिबार बिहान स्थानिय तलाउमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभएको छ।

Nabintech