१७ बैशाख २०८१, सोमबार
भेरी शित भण्डारको १५ औं साधारण सभा सम्पन्न, किसानलाई सहज भएको ढकालको जिकिर

  • टाइम्स संवाददाता

  • २९ मंसिर २०८०, शुक्रबार १७:०१

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको भेरी शित भण्डार सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा शुक्रबार संस्थाको सभा हलमा सम्पन्न भएको छ । साधारण सभाको पहिलो शत्रलाई उदघाटन गर्दै बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य प्रसाद ढकालले कर्णाली, सुदुरपश्चिम र लुम्बिनीको प्रबेशद्धारमा खुलेको भेरी शित भण्डारले यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपज भण्डारणमा सहजता थपिदिएको जिकिर गरेका छन ।

यो शित भण्डार हुनुपुर्व तराईदेखि हिमाल सम्मका किसानका फसलहरु सडेर जाने गरेको स्मरण गर्दै ढकालले अहिले बाँके लगाएत छिमेकी जिल्ला हुदै पहाड तथा हिमाली जिल्लाका किसानहरु समेत लाभान्भित हुदै आएको चर्चा गरे ।
१५ औं साधारण सभामा संस्थाका अध्यक्ष बलराम भट्टराईले संस्थागत प्रतिबेदन पेश गर्दैसंस्थाले एक बर्षमा गरेका फेरिहिस्त कार्यक्रम पेश गरेका थिए ।

यसैगरि लेखा प्रतिबेदन पेश गर्दै लेखा समिती संयोजक अमर बहादुर खडकाले आर्थिक बर्ष ०७९ र ०८० मा २ करोड ११ लाख सात हजार बराबरको कारोबार गरेको उल्लेख गर्दै संस्थाले कुल घाटा ५२ लाख चार हजार बाट घटाएर १५ लाख उनासि हजारमा झार्न सफल भएको उल्लेख गरे ।

३ हजार सात सय चौध शेयर सदस्य रहेको भेरी शित भण्डार सहकारी संस्थाको कुल पुजि ९७ लाख ४९ हजार पाँच सय रहेको छ । संस्थाका अध्यक्ष बलराम भट्टराईको अध्यक्षतामा आयोजित साधारण सभामा लुम्बिनी प्रदेश सांसद रत्न खत्रि,लुम्बिनी प्रदेशका पुर्व भुमि ब्यबस्था तथा सहकारी मन्त्रि आरति पौडेल, नेकपा एमाले बाँके जिल्ला उपाध्यक्ष डिल्लि विसि, नेकपा माओबादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्स, ने.का.का कृष्ण कार्कि, राप्रपा नगर अध्यक्ष  रुद्र न्यौपाने लगाएत नेता, शेयर सदस्य किसान एबं संस्था संबद्ध ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

फोटो सौजन्य: बिद्युत्मा रैका

Nabintech