१६ बैशाख २०८१, आईतवार
राजकुमार बगर र शान्ति श्री परियारको स्वरमा “आँखैमा थियौ सानु”को भिडियो सार्वजनिक

  • टाइम्स संवाददाता

  • २९ मंसिर २०८०, शुक्रबार १८:५३

काठमान्डौ:चर्चित सर्जक राजकुमार बगर र हिजो आजका चर्चित गायिका शान्ति श्री परियारको गीत “आँखैमा थियौ सानुू गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ जस्मा शब्द तथा संगीत गायक स्वयंमको रहेको छ। कमल सौरगको संगीत संयोजन रहेको यो गीतको रेकर्डिङ र मिक्सिङ पनि राजकुमार बगरकै रहेको छ । सो अडियो रेकर्डिङ त्रिवेणी डिजिटलमा गरिएको हो ।

कथा तथा भिडियोको निर्देशन बिक्रम चौहानको गरेका छन् भने सम्पादन तथा रंग संयोजन मिलन विश्वकर्माले गरेका छन् । सिनेमोटोग्राफी प्रकाश खड्का तथा समुहको रहेको छ भने उक्त म्युजिक भिडियोमा सरिका केसी र गोविन्द पोख्रेलको अभिनय हेर्न सकिन्छ । सो गीतको सम्पादन बि स्टार फिल्मसमा गरिएको हो । सो गीतलाई पशुपति म्युजिकको युटुव च्यानलमा हेर्न सक्नुहुनेछ ।

Nabintech