१८ बैशाख २०८१, मंगलवार
नेपालगञ्जका स्पाहरुमा गलत क्रियाकलाप, ११ स्पामा छापा सात जना प्रहरी नियण्त्रणमा

  • टाइम्स संवाददाता

  • ४ पुष २०८०, बुधबार ०९:२५

नेपालगञ्ज: बाँके प्रहरीले क्यासिनो पछि स्पा सेन्टरमा निगरानी बढाउदै छापा मारेको छ । बाँके प्रहरी प्रमुख एसपी सुभाष चन्द बोहराको निर्देशनमा वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्ज उपमहानगरपालिमा रहेका ११ वटा स्पा सेन्टरको छड्के जाँच गरेको हो ।

निरीक्षणका क्रममा अवैध धन्दा गर्ने सात जनालाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर विसीले जनाए। प्रहरीले भारतबाट हुने अवैध चोरी निकासी नियन्त्रण, मोटरसाइकल चोरी नियन्त्रण, फरार अभियुक्त पक्राउ लगायतमा सक्रियता देखाएको प्रहरीले पछिल्लो समय नेपालगन्जमा संचालित स्पा सेन्टरको छड्के जाँच गरेको उनले बताए । ‘स्पा सेन्टरमा गलत क्रियाकलाप भएको सूचनाको आधारमा छड्के जाँच गर्यौँ ।

अवैध धन्दा गरेको फेला परेपछि सात जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझायौँ । जिल्ला प्रहरी कार्यालयले आगामी दिनमा गलत क्रियाकलाप नगर्ने शर्तमा सम्झाई बुझाई गरि छाडेको छ,’ प्रहरी निरीक्षक विसीले भने ।

Nabintech