२ जेष्ठ २०८१, बुधबार
नम्वर प्लेट लेखाउदै रिफ्लेक्टिभ स्टिकर टाँस गर्दै ट्राफिक प्रहरी

  • टाइम्स संवाददाता

  • ४ पुष २०८०, बुधबार १७:०४

कोहलपुर,बाँके:सवारी दुर्घटना न्यूनीकरणका लागि  जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘ रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ । चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुनसक्ने जोखिमलाई ख्याल गर्दै सवारी साधनमा ‘स्टिकर’ टाँस गर्दै नम्वर प्लेट नदेखिने सवारि साधनको अन द स्पट नै नम्वर प्लिेट लेखाउने कार्य गरेको हो ।

बुधवार कोहलपुर नगरपालिका –१० हाईस्कुल चोकमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम समेत आयोजना गर्दै बाँके ट्राफिक प्रहरीले ‘स्टिकर’ टाँस संगै नम्वर प्लेट लेखाउने कार्य गरेको बाँके ट्राफिक प्रहरी प्रमुख गोपिकृष्ण सुबेदीले अभियानको पहिलो दिन बुधवार साना ठुला गरि ७५०  बढि सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको जानकारी दिए ।

उनले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रातिको समयमा दुर्घटना बढी हुन सक्ने भएकाले त्यस्ता सवारी साधनहरुमा स्टिकर टाँस गर्दै अन द स्पोट नम्वर प्लेट लेखाईएको बताए ।

“राति हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्नका लागि हामीले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा  रिफ्लेक्टिभ  स्टिकर टाँस्ने मात्र नभई र नम्वर प्लेट समेत लेखाएका छौं ट्राफिक प्रहरी प्रमुख गोपिकृष्ण सुवेदी भने । उक्त अभियानमा कोहलपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष गौरा कुमारी भट्टराई, प्रहरी सहायक निरीक्षक मदन सिंह मातर,समाजसेवी ध्रुवराज बुढाक्षेत्रि लगाएत हाईस्कुल प्रहरी बिटको समेत सहभागिता रहेको थियो ।

Nabintech