३ जेष्ठ २०८१, बिहीबार
मदनचोक दुर्घटनामा परेका प्रहरी परिवारलाई सहयोग

  • टाइम्स संवाददाता

  • ५ पुष २०८०, बिहीबार १५:०१

नेपालगञ्ज : बाँकेको मदनचोकमा गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको परिवारलाई बाँकेका प्रहरीहरुले आर्थिक संकलन गरि सहयोग गरेका छन् । गत मंसिर २८ गते पूर्व पश्चिम राजमार्गको बाँके खण्डको मदनचोकमा गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी जवान बिशाल वलीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँके र त्यस मातहतका कार्यालयमा कार्यरत प्रहरी अधिकृत, हवल्दार तथा जवानहरुले आर्थिक संकलन गरि जम्मा भएको रकम मृतक वलीको परिवारलाई हस्तान्तरण गरिएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए । प्रहरीको सबै दर्जाबाट स्वस्फुर्त प्रदान गरिएको २ लाख ५७ हजार ९ सय ८८ रुपैयाँ रकम प्रहरी प्रवक्ता डाँगी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारी मृतक वलीको रुकुम पश्चिम मुसिकोट नगर पालिका १३, छिवाङ् पुगेर हस्तान्तरण गरिएको डाँगीले बताए ।

प्रवक्ता डाँगीका अनुसार मृतकको घर पुगेर डीएसपी द्वय सहितको टोलीले मृतक प्रति श्रद्धान्जली अर्पण गर्नुका साथै मृतकको परिवार प्रति समवेदना प्रकट गरेको थियो ।

Nabintech