१ जेष्ठ २०८१, मंगलवार
नेपालगञ्जबाट ५ थान कस्तुरीको बिना बरामद

  • टाइम्स संवाददाता

  • ६ पुष २०८०, शुक्रबार १५:२६

नेपालगञ्ज: नेपालगञ्जबाट सशस्त्र प्रहरीले ५ थान कस्तुरीको बिना बरामद गरेको छ । नेपालगञ्जको जमुनाहास्थित सशस्त्र प्रहरीको प्रस्तावित भन्सार गुल्म जमुनाहाले बिहीवार भारतबाट नेपाल ल्याउँदै गरिएको अवस्थामा कस्तुरीको बिना बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । जमुनाहा भन्सारमा चेकजाँचका क्रममा एक जनाको झोलामा कस्तुरीको बिना ५ थान फेला परे पनि सोही क्रममा ती व्यक्ति फरार भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले बरामद गरेको ८१ ग्राम तौलको ५ थान कस्तुरीको बिनालाई डिभिजन वन कार्यालय नेपालगन्जमा बुझाएको थियो । उक्त कस्तुरीको बिनालाई आबश्यक जाँचका लागि वन कार्यालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार पठाएको जानकारी दिएको छ ।

Nabintech