१ जेष्ठ २०८१, मंगलवार
नेपालगञ्जमा लघुवित्त तथा वित्तिय शोषणको विरुद्धमा प्रदर्शन

  • टाइम्स संवाददाता

  • ६ पुष २०८०, शुक्रबार १६:३७

नेपालगञ्ज:लघुवित्त तथा वित्तिय शोषणको विरुद्धमा नेपालगञ्जमा शुक्रबार विरोध प्रदर्शन गरिएको छ । नेपालगञ्जको कारकादौंबाट बैङ्क तथा वित्तिय संस्थाबाट  ज्यादती गरिएको भन्दै चर्को नाराबाजी सहितको विरोध प्रदर्शन भएको हो ।

लघु वित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल बाँके–बर्दियाको आयोजनामा भएको प्रदर्शनमा अधिकांश महिलाहरुको सहभागिता थियो । सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीका अनुसार लघुवित्त तथा वित्तिय संस्थाहरु नव सामन्तीको रुपमा स्थापित भएकाले त्यसलाई खारेज गर्नुपर्ने बताउनुभयो ।

सामुहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, कालो सूची तथा धितो लिलामा फुकुवा गर्नुपर्ने, लगायतका माग सहित प्रदर्शन गरिएको हो ।

लघुवित्त तथा वित्तिय शोषणको विरुद्ध स्थापित समितिको आयोजनामा विरोध प्रदर्शन, कोणसभा, धर्ना तथा राष्ट्र बैङ्कको नेपालगञ्जस्थित कार्यालय घेराउ कार्यक्रम गरिएको हो ।

Nabintech