१ जेष्ठ २०८१, मंगलवार
नेपालगञ्जका बुचर सपमा अनुगमण सडेको मासु नष्ट मालिक कारबाहिमा

बुचरहरुलाई मासु सम्बन्धि प्रशिक्षण गराई आवश्यक निर्देशन


  • टाइम्स संवाददाता

  • ६ पुष २०८०, शुक्रबार १८:१७

नेपालगञ्ज:जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज आसपासका मासु पसलहरुको अनुगमण गर्दै सडेको मासु नष्ट गर्नुका साथै मापदण्ड बिपरित सञ्चालनमा रहेका पसलहरुलाई कारबाहि समेत गरेको छ । अनुगमनका क्रमममा २६ केजी खसी र ५७ केजी खान अयोग्य बनिसकेको कुखुराको मासु फेला परेकोकोमा सो मासु नष्ट गरिपसलहरुलाई चेतावनी सहित जरिवाना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाएका छन् ।

प्रजिअ पोखरेलका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा खटिएको सरोकारवाला निकाय सहितको टिमले राँझा र मासुमण्डी बाँके बगिया क्षेत्रका १४ वटा माछा/ मासु बिक्री पसलको आकस्मिक अनुगमन गर्दा ५ वटामा कैफियत पाइएको थियो ।

पोखरेलले अनुगमनका क्रममा राँझाका न्यु मनिशोभा फ्रेस हाउस, दानिस फ्रेस हाउस र न्यू भेरी मिट एण्ड दाना सप्लायर्सले बिना बिजक कारोबार गर्ने गरेको जनाएका छन् । अनुगमन टोलीले न्यु मनिशोभा फ्रेस हाउसबाट ५० केजी आन अयोग्य मासु बरामद गर्दै बिलरबिजक बिना कारोवार गरेको भन्दै २० हजार जरिवाना गरेको छ । त्यस्तै राँझाका दानिस फ्रेस हाउस र न्यू भेरी मिट एण्ड दाना सप्लायर्सलाई पनि बिलबिजक बिना करोबार गरेको भन्दै २० हजार जरिवाना गर्दै दानिसबाट ८ केजी खसीको मासु र न्यू भेरीबाट ७ केजी कुखुराको खान अयोग्य बनेको मासु बरामद गरि नष्ट गरिएको प्रजिअ पोखरेलले जानकारी दिएका छन् ।

यता नेपालगन्जको मुख्य मासु बजार बाँके बगियामा पनि खान अयोग्य मासु फोला परेको अनुगमन टोलीलले जनाएको छ । बाँके बगियाको मो. मुर्तजा मासु पसलबाट ९ केजी सडेको खसीको मासु बरामद गर्दै बिल/बिजक बिना कारोवार गरेकोले १० हजार जरिवाना गरिएको टोलीले जानकारी दिएको छ । टोलीका अनुसार सलिम अहमद खसी मासु फ्रेस हाउस, बाँके बगियाबाट पनि ९ केजी सडेको खसीको मासु बरामद गरेको छ भने त्यस पसलको संचालकलाई पनि बिल/बिजक बिना कारोवार गरेको भन्दै १० हजार जरिवाना गरिएको छ ।

अनुगमन टोलीले नेपालगंज -१३, बाँके बगियामा रहेको मासु मण्डीका १३ वटा मासु पसलका सञ्चालकहरुलाई संयुक्त रुपमा भेला गराई बिशेषज्ञ तथा पशु चिकित्सकबाट मासु सम्बन्धि प्रशिक्षण गराई आवश्यक निर्देशन समेत दिइएको प्रजिअ पोखरेलले बताए ।

Nabintech