१ जेष्ठ २०८१, मंगलवार
मसुरीखेत मध्यवर्ती सामुदायिक वनको ८ औ बार्षिक साधारण सभा सम्पन्न

निकुन्जको पुरानो काननुलाई संशोधन गर्न अति आबश्यक


  • टाइम्स संवाददाता

  • ७ पुष २०८०, शनिबार १६:१०

कोहलपुर  : बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा न १२ मा अवस्थित रहेको मसुरीखेत मध्यवर्ती सामुदायिक वन उपभोग्ता समुहको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा समुहको प्रर्गति प्रतिबेदन समुहका सचिब दिल बहादुर थापाले प्रस्तुत गरेका थिए । समुहको आगामी कार्ययोजनामा समुहका सदस्यहरुको गोठ सुधार कार्यक्रम ,समुहका सदस्यहरुको क्षमता अभिबृद्धि , अबलोकन भ्रमण , छाडा पशुचौपायको लागी स्थानीय वडा कार्यालयसग समन्वय गर्ने , सामुदायिक वन भित्र रहेका ताल तलैयाको संरक्षण गर्दै पर्यापर्यटन सग जोडने ,वन डढेलो नियन्त्रण सम्बनधी सचेतनामुलक कार्यक्रम गर्ने कार्य योजनामा उल्लेख गरिएको छ ।

बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र रहको यो सामुदायिक बनमा उपभोगताहरुलाई वनपैदाबार उपभोग गर्नको लागी पछिल्ला दिनहरुमा झन्झटिलो हुदै गएको साधारण सभामा उपभोग्ताले गुनासो ब्यक्ति गरेका थिए ।

कार्यक्रमका प्रमुख अथिती कोहलपुर मध्यबर्ती क्षेत्र उपभोग्ता समितीका अध्यक्ष ओम प्रकाश वलीले हामीले संरक्षण गर्दै आएको बन पैदाबारहरुलाई हामो्र अनुकुल प्रयोग गर्न पाउनु पर्दछ । निकुन्जको पुरानो काननुलाई अब संशोधन गर्न अति आबश्यक रहेकोले यसको खबरदारीको लागी सबै जागरुक हुनु पर्ने बताएका थिए ।


कार्यक्रमका बिशिष्ठ अथिती कोहलपुर नगरपालिका वडा न १२ का वडा बीरेन्द्र कुमार शाहले निकुन्जको कारणले मध्यवर्ती क्षेत्रभित्रका पुस्तौदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गा नापजाच भइसकेको र जग्गाको लालपुर्जा बितरण निकुन्जको कारणले रोकिएको बताए । सहजरुपमा कुनै काम हुने अबस्था छैन त्यसैले अब निकुन्जको कानुन जनतामुख हुनु पर्दछ , बिकास निर्माणको काममा बाँके राष्ट्रिय निकुन्ज प्रमुख बाधक बन्दै गएको हुदा हामी सबै यस क्षेत्रका उपभोग्ताहरुले सोच्नु पर्ने अबस्था आएको कोहलपुर १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले बताए ।

स्थानीय वन महासघ कोहलपुरका अध्यक्ष कृष्ण रानाले सामुदायिक वनबाट हामीले जति फाइदा लिनु पर्ने हो त्यति लिन सकेका छैनौ वन संरक्षण सगसगै उपभोग्ताहरुको आयआर्जनमा जोडनु पर्ने र त्यस्ता खाले नितीको लागी अब दबाब सृजना गर्नु पर्ने बताए । कार्यक्रममा ॐ कारेश्वर मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष भिम प्रसाद खरेल र उपभोग्ताको तर्फबाट दामोदर भण्डारीले मन्तब्य राखेका थिए । मध्यवर्ती क्षेत्र भित्र बन्यजन्तुको पनि जोखिम बढदै गएकोले यस तर्फ मेसजालीको लागी पहल गर्नु पर्ने बताएका थिए ।

सस्थाको प्रगति प्रतिबेदन समुहका सचिब दिल बहादुर थापा र आर्थीक प्रतिबेदन समुहकी कोषाध्यक्ष बिन्दु खडकाले प्रस्तुत गरेकी थिइन । कार्यक्रम समुहका अध्यक्ष लिलाराम शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

Nabintech