२१ बैशाख २०८१, शुक्रबार
बाँके बर्दियाका ब्यापारीहरु पुन: आन्दोलित

  • टाइम्स संवाददाता

  • ८ पुष २०८०, आईतवार ०६:३८

नेपालगन्ज :बैंकले बढाएको ब्याजदर विरुद्ध बाँके बर्दियाका उद्योगी, व्यवसायीहरु पुन आन्दोलित भएका छन । ब्यापारी तथा ब्यबसायिहरुले शनिबार नेपालगञ्जमा बिरोध सभा समेत गरेका छन् । धेरै पटक अरुका लागि लड्यौं, यसपटक आफ्ना लागि लडौ भन्ने नाराका साथ शनिबार बृहत व्यवसायिक विरोध सभा गरिएको हो ।

शनिबार दिउँसो १ बजे धम्बोझी चोकमा गरिएको उक्त विरोध सभामा बाँके बर्दियाका उद्योगी, व्यवसायीको ठुलो संख्यामा उपस्थिती रहेको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा गरिएको विरोध सभामा बाँकेका बिभिन्न पालिकाका घरेलु महासंघ, बिभिन्न बस्तुगत संघ, उद्योगी, व्यवसायीहरु कालो ब्यानगर र प्लेकार्ड सहित बिरोध सभामा सहभागि भएका थिए ।

Nabintech