२१ बैशाख २०८१, शुक्रबार
प्रिती आलेले प्रिती लाउने कुरा गरेपछि नेपालगञ्जीया लठ्ठै, आज बिराज भट्ट आउने

महोत्सवको नौलो आकर्षण कुस्ति र थारुगाउ


  • टाइम्स संवाददाता

  • ९ पुष २०८०, सोमबार ०६:२४

नेपालगञ्ज: नेपालगन्जमा संचालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित गायिका प्रिती आलेले प्रिती लाउने कुरा गरेपछि नेपालगञ्जीयाहरु लठ्ठै परेका छन । आईतवार नेपालगन्जको महोत्सवमा चर्चित गायिका आलेले गाएको र्याप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउंदा दर्शकहरु गाएको गित सुन्दै नेपालगञ्जीया जुरुक जुरुक उचालिएर रमाएका थिए ।

आलेले चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आयो तेरो मिस चुपलाग साला थिस, आफ्नै बाटो लागहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथी पिपल, सम्पत्ती न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ पस्किएकी थिईन ।

आलेका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लाका साथ रमाएका थिए । यस्तै महोत्सवमा चर्चित गायक बसन्त लम्सालले पनि आफ्ना दर्जनौ गीतहरु प्रस्तुत गरि दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

महोत्सवका आकर्षणमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराएका छन ।

हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताए । महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज ९ गते सोमवार नेपालगन्ज महोत्सवमा चर्चित कलाकार बिराज भट्ट लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Nabintech