६ जेष्ठ २०८१, आईतवार
बाघको आक्रमणबाट सासूबुहारीको मृत्यु

  • टाइम्स संवाददाता

  • ९ पुष २०८०, सोमबार ०८:१७

नवलपुर : जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा दुई महिलाको मृत्यु भएको छ।  विनयीत्रिवेणी गाउँपालिका–१ मा सासूबुहारीको मृत्यु भएको छ। आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका  ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो दुई जना महिला जंगलमा घाँस काट्न गएको र राति अबेरसम्म नफर्किएको सूचनाको आधारमा खोजतलास गर्दा आइतबार राति दुई जना महिलाको शव फेला परेको हो।

कम्बरमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। स्थानीयले भने बाघको आक्रमणबाट दुवै जनाको मृत्यु भएको बताएका छन्।

Nabintech