७ जेष्ठ २०८१, सोमबार
ग्वालाले चिनेको त्यो कुशुमको ‘गाईलेख’

स्रोतमा पहुँच गाइलेख सिद्धबाबाको आस्था, महिमा र महत्व


  • टाइम्स संवाददाता

  • ९ पुष २०८०, सोमबार ०८:४५

राप्तीसोनारी, बाँके: बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. १ कुशुममा अवस्थित गाइलेख प्राकृति सौन्दर्य अवलोकनका लागि लुम्बिनी प्रदेशको तराइक्षेत्रमा सबैभन्दा उत्तम स्थान मानिन्छ । यसका साथै गाईलेखमा सिद्धबाबाको धार्मिक महिमालाई पनि यहाँका नागरिकले उच्च संम्मान गर्ने गर्दछन ।

गाइलेख सिद्धबाबा थानले यस क्षेत्रका नागरिककाबीचमा प्रख्यात, पौराणीक र विशेष महत्वको स्थान हो । यो आदिकाल देखिनै ग्वाला(गाइचराउने)का लागि बासस्थान ठाउँ हो, तर अहिले गाइचराउनेहरु पनि जाँदैनन र दर्शन गर्नेहरु पनि बाटो नभएको कारण फाटफुट बाहेक त्यहाँ जाँदैनन भन्नु हुन्छ स्थानीयबासी एवम शिक्षक भुवन खुना । उहाँ अनुसार त्यस स्थानबाट यन्त्र विनानै नाङ्गो आँखाले बाँकेको नेपालगन्ज लगायत उत्तरक्षेत्रको दाङ्गदेखि सिस्ने हिमालसम्म प्रष्टै दृष्यावलोकन गर्न सकिन्छ । यसका साथै भारतको आफुलाई जानकारी नभएपनि बहराइच, गोण्डा जिल्लाका धेरै स्थानको अवलोकन गर्न पाइने बताउनु हुन्छ ।

राप्तीसोनारी वडा नं. १ का वडा अध्यक्ष यमबहादुर खडकाका अनुसार गाइलेखको आफ्नो इतिहास छ । कुसुमबासीको सिद्धबाबाको शक्तिको जनविश्वास छ, तर यात्राका लागि बाटोको अभाव छ, यसका लागि वडासँग अधिकार छैन गाउँपालिकाबाट आफ्नो दुई वर्षे कार्यकालमा कुनै काम भएको छैन भन्नु हुन्छ । उहाँका अनुसार यदि पैदल यात्रा सहज बनाउन सक्ने हो भने नेपालगन्ज र दाङका धार्मिक तथा पर्यटकीय अवलोकनकर्ताबाट कुसुम क्षेत्रको रोजगारीमा पनि राम्रो सहयोग पुग्ने बताउनु हुन्छ । वडा अध्यक्ष खडकाका अनुसार सानो लगानीबाट बाँके जिल्लाको पर्यटकीय पहिचानमा ठूलो चर्चा र महत्वको स्थान हुनसक्ने बताउनु हुन्छ ।

स्थानीय सरकार भनेको पालिका कार्यालयमा बस्नेहरु मात्रै स्थानीय सरकार हुन । वडापालिकामा वस्नेसँग कुनै अधिकार छैन । सिफारिस र पञ्जीकरण मात्रै हो । विकास र निकासको अधिकार पालिकासँग छ । अधिकार सबै पालिका अध्यक्ष र हाकिममा छ वडा तहले विषय पहिचान गरेपनि समस्याको समाधान हुने रहेनछ भन्नु हुन्छ नेकपा (एमाले)का नेता एवम वडा नंं.१का वडासदस्य भरत बुढाथोकी । रोजगारी र विकासका संभावना, अवसर धेरै छन त्यसका लागि लगानीको आवश्यकता पर्दछ त्यो पनि छ तर अधिकार पालिकासँग छ ।

प्रदेश सरकारका कार्यालयसँग छ विकास गर्ने स्थान वडातहमा हुँन्छ । यस क्षेत्रको विकासका लागि गाउँपालिका पूर्वअध्यक्ष लाहुराम थारुले प्रयास गरेपनि खासै उपलब्धि नभएको बताउनु हुन्छ नेपाली काँग्रेसका बाँके नेता तथा समाजसेवी धनिराम गिरी । उहाँका अनुसार पूर्वअध्यक्ष थारु आफैपनि गाइलेख पुग्नु भएको छ । पैदल यात्रीका लागि बाटो निर्माणमा प्रयास गरेपनि कार्यसम्पन्न हुन नसकेको जानकारी दिनु भयो । नेता गिरीका अनुसार स्थानीय सरकारको पहिलो प्राथमिकता हो तर विकास हुन नसकेको सत्यता लुकाउन सकिदैन सके स्थानीय सरकारले गर्नुपर्दछ, हैनभने पर्यटन कार्यालयको दायित्व पनि हो भन्नु हुन्छ ।

यसैगरी राप्रपाका युवा नेता एवम् त्यसक्षेत्रमा राजनीतिक भौगोलिक र नाता सम्बन्ध भएका सुरेश भण्डारीका अनुसार स्रोतमा पहुँच गाइलेख सिद्धबाबाको आस्था, महिमा र महत्व नबुझेकासँग भएकोले विकास हुन नसकेको बताउनु हुछ । उहाँका अनुसार त्यहाँ अरु विकास भन्दा पनि सहज रुपमा पैदल यात्राको बाटो निर्माण र यसक्षेत्रभन्दा बाहिरका आगन्तुकका लागि प्रचारको कमी रहेको बताउनु भयो ।

नेपालगन्जबाट करिब १ घण्टाको हाराहारीमा कुसुम पुग्न सकिन्छ । कुसुमको बैरिया(राजमार्ग बजारक्षेत्र) बाट राप्ती नदिको पुल तरेर दक्षिण भम्का हुँदै गाइलेख सिद्धबाबा थान पुग्न सकिन्छ । कुसुमदेखि गाईलेखको चुचुरोमा पुग्न तिन घण्टाको पैदल यात्रामा पुग्न सकिने स्थानीयको भनाइ छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा ग्रामीण विकास  विषयको प्राध्यापन गराउने दमनध्वज डिसीका अुनसार स्थानीय स्थान अझै निर्णय स्थानमा पुग्न नसकेर हो कि स्थानीय बस्तु, सेवा र संभावनालाई वास्ता नगरेको विकास र स्थानीय जोडिन नसकेको बताउनु भयो । उहाँका अनुसार साँच्चिकै ग्रामीण सेवा गर्ने हो भने स्थानीय सरकारले अहिले पनि बाटो, पुल र केही फाटफुट निर्माणका काम मात्रै नभएर स्थानीयको क्षमता, संभावना र अवसरलाई पहिचान गर्नैपर्छ । डाँगी भन्नु हुन्छ जबसम्म स्थानीयको क्षमता, माग र सामिप्यतामा स्थानीय रुपमा रुपान्तरण गर्न सकिदैन तबसम्म विकासको अनुभतिका नहुने बताउनु हुन्छ ।

Nabintech