८ जेष्ठ २०८१, मंगलवार
किन सञ्चालनमा आउन सकेनन् बाँकेका खानेपानी आयोजनाहरु ? १८ बर्षपछि सञ्चालनमा आयो नौवस्ता खानेपानी !

नियमन गर्न निकायहरु किन मौन ? 


  • टाइम्स संवाददाता

  • ९ पुष २०८०, सोमबार १०:२६

कोहलपुर,बाँके:खानेपानी सरसफाईलाई नेपाल सरकारले नेपालको संविधानमा मौलिक हकको रुपमा उल्लेख गरेको छ । साथै खानेपानी तथा सरसफाई गुरु योजनामा समेत उल्लेख गरेको छ । जसमा जनताको सुरक्षित खानेपानी सम्बन्धी संवैधानिक अधिकार र त्यसको सुनिश्चीतता गरेको छ ।

तर हाल नेपाल अधिराज्यभर लगायत बाँके जिल्लामा सञ्चालिनत अधिकांश खानेपानी तथा सरसफाई आयोजनाहरु अलपत्र अवस्थामा रहेका छन्। जिल्लाका कोहलपुर नगरपालिका र बैजनाथ गाँउपालिकामा रहेका अधिकांश खानेपानी आयोजनाहरु ओभरहेड ट्याङ्की निर्माण पश्चात अलपत्र अवस्थामा रहेका छन । देशमा तिन तहका सरकारहरु छन तर खानेपानी तथा सरसफाई जस्तो संवेदनशिल कुरामा तिनै तहका सरकारले प्राप्त बजेट विनियोजन गर्ने, एक आपसमा समन्वय गर्ने, नियमित अनुगमन तथा नियमन गर्ने लगायतका कामहरु गर्न कुनै चासो दिएको पाइदैन ,जसको असर आम उपभोक्ताहरुलाइ संविधानले मौलिक हकको रुपमा दिएको अधिकार सुरक्षित खानेपानी उपभोग गर्नबाट बञ्चित हुन परेको छ ।

बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नं.४ मा रहेको नौबस्ता खानेपानी तथा सरसफाई आयोजना करिव करिव निर्माण सम्पन्न भएको १८ बर्ष पछि सञ्चालनमा आएको छ. ५१५ घरधुरीमा खानेपानीको पहुँच पुराइरहेको नौबस्ता खानेपानी आयोजना १ लाख ५० हजार लिटर क्षमताको आर.सि.सि ओभरहेड ट्याङ्की भएको भूमिगत स्रोतमा आधारित प्रणाली हो। खानेपानी आयोजनाले स्थानिय नागरिकहरुलाई गुणस्तरिय तथा स्वच्छ खानेपानी उपलब्ध गराएपछि बैजनाथ ४ का स्थानिय नागरिकहरु खुशि छन् ।

नौबस्ता खानेपानी आयोजना २०६५ सालमा सुरु भइ एक दशकभन्दा बढी समय पछि संचालनमा आएको खानेपानी आयोजना हो । बि.स.२०७८ साल सम्म ओभरहेड ट्याङ्की, डिप बोरिङ, कार्यालय भवन मात्र निर्माण भइ वितरण पाइपलाइन विस्तारको काम सुरु हुन सकेको थियन। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगञ्जले दिएको जानकारी अनुसार आयोजना ढिलाइ हुनुको मुख्य कारण सामुदायिक योगदानको कमी र सम्बधित निकायद्वारा समयमा बजेट व्यवस्थापन नगरिदिनु हो ।

नेपाल सरकारको नीति अनुसार खानेपानी आयोजना निर्माण गर्न लाग्ने जम्मा लागतको २०% लाभग्राहीले कुनै रूपमा योगदान गर्नु पर्ने हुन्छ । सो योगदान उपभोक्ता समितिले पुरा गर्न नसक्दा आयोजना आगाडी बढ्न नसकेको अवस्था थियो । खानेपानी उपभोक्ता समितिले दिएको जानकारी अनुसार अहिलेको अवस्थामा आयोजना लागतको २० प्रतिशत योगदान पुराउन निकै कठिन भएको ले सो अवस्था सिर्जना भएको बताए । यस्तै अवस्था लाई मध्यनजर गर्दै नेपाल सरकारले पनि हालसालै योगदान सम्बन्धी नीतिमा समेत परिवर्तन गरको छ ।

नौबस्ता खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष राज कुमार ढकाल का अनुसार सो परिस्थितिमा लाभग्राहीहरूमा सुरक्षित खानेपानी बारे सचेतना कमी, उपभोक्ता समितिको क्षमतामा, सम्बन्धित निकायहरू र खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बीचको समन्वयको अभाव जस्ता कारणले आयोजनाको काम सम्पन्न हुन सकेको थिएन ।

यो योजना संचालन प्रक्रियामा ल्याउनका लागि लुम्बिीनी प्रदेश सरकार,बैजनाथ गाउपालिकाको कार्यालय, वडा नं.४ को कार्यालय, डिभिजन कार्यालय नेपालगंज ,स्थानिय व्यत्तिहरु तथा गैर सरकारी संस्था लुमन्ति अवासका लागि सहयोग समुह कोहलपरको महत्वपुर्ण भुमिका रहेको छ । सो अवस्थाको मूल्याङ्कन गरेपछि मुख्य सहजकर्ताको रुपमा लुमन्ती आवासका लागि सहयोग समुहले खानेपानी सरसफाइ तथा स्वछता दिगो विकास लक्ष्य परियोजना अन्तर्गत उपभोक्ता समितिको क्षमता अभिवृद्धि स्थानिय जनताहरुमा स्वस्च्छ खानेपानीको महत्व फैलाउनेको लागि घरदैलो,जनचेतनामुलक अभियान, खानेपानीका कर्मचारीहरुलाई पलम्वर तालिम, लेखा तालिम,कार्यालय व्यवस्थापन सम्बनधी तालिमहरु,सिकाई अवलोकन भ्रमण लगायतका कार्यक्रमहरु संचालन गरी सहयोग गरेको सो संस्थाका अध्यक्ष राजकुमार ढकालले बताउनु भयो ।

अहिले नौबस्ता खानेपानी तथा उपभोक्ता समितिले ले करिब ३० किलोमिटर वितरण पाइपलाइन निर्माण सम्पन्न गरि १ बर्ष देखि आयोजना सञ्चालनमा आएको छ । कुल ५१५ घरधुरि जोडिएका छन् र पाइपलाइन विस्तारका साथै थप घरधुरी जडानको कार्य अगाडी बढिरहेको छ ।
करिब डेढ लाख लिटरको ओभरहेड ट्यांकी रहेको खानेपानी आयोजनाले ५ सय १५ घरधुरिलाई सुरक्षित पिउने पानी वितरण गरिरहेको छ । बैजनाथ गाउँपालिका वडा न ४ मा बसोबास गर्ने २४ सय घरधुरिलाई नै सुरक्षित खानेपानी पुर्याउने लक्ष्य रहेता पनि डेढ लाख लिटरको ओभरहेड ट्यांकीको पानीले २४ सय घरधुरिलाई पानी पुर्याउन कठिन हुने भएकाले करिब ढाई लाख लिटरको अर्को ओभरहेड ट्यांकी निमार्ण गर्नुपर्ने नौबस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजकुमार ढकालले बताए ।

उनी भन्छन् सुरक्षित खानेपानी हामी सबैको घरमा सम्म पुर्याउनु पर्यो भनेर सबै स्थानियहरु भन्छन् तर उनीहरुको माग अनुसार हामीले पानी पुर्याउन सकीरहेका छैनौ किनकी हामी संग जनताको माग अनुसारको ओभरहेड ट्याकीं पनि छैन र अझै हामीले करिब २२ सय किलोमिटर जति पाईप लाईन बिस्तार गर्नुपर्ने छ । वडा न ४ का २४ सय जनतालाई सुरक्षित खानेपानी बितरण गर्नका लागि अर्को ओभरहेड ट्याकीं निमार्ण गुर्नुपर्ने हुन्छ ।

नौबस्ता खानेपानी तथा सरसफाई आयोजना प्रभाकारी रुपमा सन्चालनका लागि एउटा भवन सगै बोडिंड. , ट्रिटमेन्ट पलान्ट , खानेपानी कम्पाउन्ड भित्र अर्को करिब ढाई लिटर सम्मको ओभरहेड ट्याकीं , एउटा बोर्डिड.को आबश्यकता रहेको अध्यक्ष ढकालले बताए । नौवस्ता खानेपानी सरसफाई उपभोक्ता संस्था जस्तै बाँके जिल्ला बैजनाथ गाँउपालिका लगायत समग्र बाँके जिल्लाका सबै अधुरा खानेपानी आयोजनाहरु सञ्चालन गर्नको लागि सबै पक्ष स्थानीय सरकार, प्रदेश सरकार,संघिय सरकार लगायत खानेपानी तथा सरसफाईमा काम गर्ने सम्बन्धित पक्षहरु सबै एक मतका साथ एक आपसमा समन्वय र सहकार्य गदै गयो भने पक्कै पनि नेपालको संविधानले सुनिश्चीत गरेको नागरिकहरुको सुरक्षित खानेपानीको मौलिक अधिकारलाइ प्रर्बद्धन गरेको ठहरिने छ ।

Nabintech